कुस्मा बजारमा पटका पड्कन थाले, प्रहरीले सुन्यो कि सुनेन ?

महेन्द्र केसी, पर्वत २०७५ कात्तिक १६ । । नेपालीहरुको दोस्रो ठूलो चाड दीपावली नजिकिसँगै कुस्मा बजारमा चहलपहल बढेको छ । कुस्मा बजारमा तिहारको लागि आवश्यक पर्ने सामाग्रीहरुको विक्रिवितरण पनि ह्वात्तै बढेको छ । व्यापारीहरुले यहि मौकामा तेल, चीनी, लगायतका विभिन्न प्रकारका मिठाईहरुमा मुल्य बढाएका छन् । सरकारले विभिन्न संस्थामा सहुलियत पसल राखेपछि पर्वतमा भने त्यस्तो सुविधा छैन । बजारको अनुगमनमा कडाई नहुदाँ पनि बजारमा व्यापारीहरुको मनोमानी बढेको हो ।

तिहारको रौनकता छाएसँगै बजारमा पटकाको आवाज पनि गुन्जिन थालेको छ । तिहारमा विभिन्न प्रकारका पटकाहरु बालबालिकाले प्रयोग गर्दै आउने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पटकाको प्रयोगलाई बन्देज नगरेपनि नेपालमा भने पूर्ण रुपमा पटकाको प्रयोगलाई दण्डनीयनै मानिएको छ ।

तर, भारतबाट बर्षेनी लाखौको पटका गोप्य मार्ग हुदैँ भित्रिने र त्यसको प्रयोग हुने गरेको छ । कुस्मा बजारमा तिहार नजिकिएसँगै पट्काको आवाज सुनिन थालेको हो । पटकाजन्य विष्फोटक पदार्थको प्रयोगमा रोक लगाएपनि गैरकानूनी रुपमा भित्रिएको पटका बजारमा लुकिछिपी विक्रिवितरण हुने गरेको छ । जसका कारण पनि पटकाको आवाजहरु सुनिन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतले पटका, भुइचम्फा लगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न सूचना जारी गरेको छ तर कुस्मा बजारमा पटकाको आवाजले गुन्जायमान हुन थालेको छ । प्रहरीले भने अहिलेसम्म पटका भित्राउने र प्रयोग गर्नेहरुको पहिचान गरी कारवाही गर्न सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *