मध्यपहाडी लोकमार्ग सुरुको निर्माणाधीन बागलुङ-अक्षेते खण्ड हिलाम्मे र धुलाम्मे हुनु सरमको बात !

दिनेश शर्मा बागलुङ २०७५ कात्तिक १६ । मध्यपहाडी लोकमार्गको बागलुङ देखी अक्षेते सम्मको खण्ड धुले सडकमा रुपान्तरित भएको छ । लोकमार्गको अधिकांश भाग कालो पत्रे भैसक्दा पनि जिल्ला सदरमुकामको मुख देखी अक्षेते सम्मको खण्ड अझै निर्माणाधीन अवस्थामा रहेको र पुरै सडक पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे हुने भएकोले यात्रुहरुलाई निकै सास्ती खेप्नु परिरहेछ ।

अक्षेते बाग्लुङ बीचको सडक खण्ड निर्माणाधीन अवस्थामा रहेपनी यात्रुहरुको पीडा भने कम कहाली लाग्दो छैन। बजार भित्रको बाटो पिचले मात्र नगरपालिकाको बिकास होला र ? भन्दै प्रश्न गर्दैछैन चालक र यात्रुहरु। ठुलोगाडीहरुमा समेत धुलोले अगाडि ५ मिटर बाटो राम्ररी नदेखिने चालकहरुले बताउछन। अझै मोटरसाइकल चालक र पैदल यात्रुहरुको त झोलामा एकसेट अतिरिक्त कपडा बोकेर हिड्नुपर्ने बाध्यता रहेको गुनासो छ ।

सदरमुकाम देखी अक्षेते र अक्षेते देखी सदरमुकाम सम्म पुग्दा अर्को जोड कपडा नफेर्ने हो भने, कुनै ग्रहबाट ओर्लिएको मानवको रुपमा स्थानीयले आँखा तानीतानी हेर्ने गरेको अनुभव एक मोटरसाईकल यात्रुले सुनाए ।

मध्यपहाडी लोकमार्गको मुहान जहाँबाट नेता देखी प्रशासक, सर्वसाधारण जनताहरु गन्तव्य तर्फ प्रस्थान गर्छन, त्यस खण्डको यो दुरावस्था देख्दा हाम्रा जनप्रतिनिधी एवं सरोकारवालाहरु नतात्नु सरमको बात भएको बसमा यात्रा गरिरहेका भारतीय सेनामा कार्यरत एक नेपालीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *