पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने प्रशासनव्दारा सूचना जारी !

महेन्द्र केसी, पर्वत २०७५ कात्तिक १६ । नेपालीहरुको दोस्रो महान पर्व दीपावली (भाई तिहार)को अबसरमा देउसी भैलो ९ बजेसम्म खेल्न जिल्ला प्रशासन कार्यालय पर्वतले एक सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

जिल्ला पशासन कार्यालय पर्वतव्दारा जारी गरिएको सूचनामा चाडपर्वको बेलामा खेलिने देउसी तथा भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुयाउन सक्ने हुँदा शान्ति सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राति ९बजे सम्म मात्र सञ्चालन गर्न, प्रचलित कानूनले निषेध गरेका कुनै कार्यहरु नगर्न नगराउनु हुन साथै यस अवधिमा भूईचम्पा, पटका र आतसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको जनस्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, बिक्रि वितरण, ओसार पसार तथा प्रयोग नगर्नु नगराउनु हुन सबैमा अनुरोध गरिन्छ भनी जिल्ला प्रशासन पर्वतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले यदि कसैले यस सूचना विपरित कार्य गरेमा गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *