नेपाली काग्रेस बागलुङको शुभकामना एवं चियापान कार्यक्रम सम्पन्न !

प्रदिप पन्त, बागलुङ २०७५ कात्तिक १६ । नेपाली काग्रेस बागलुङको आयोजनामा शुभकामना एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । दशै, तिहार, नेपाल सवंत, छठ पर्वको अवसरमा नेपाली काग्रेसले शुभकामना एवं चियापान कार्यक्रम गरेको हो ।

शुभकामना एवं चियापान कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले चाडपर्वले नेपालीहरुबिच सदभाव, एकता, सहिष्णुता कायम गरेको बताए । उनले यस्ता खाले चाडपर्वले मौलिक धार्मिक एवं साँस्कृतिक, सामाजिक एकताका साथै एक आपसमा सुख, शान्ति समृद्धि कायम गरेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु ज्ञान कुमारी छन्त्याल, देबेन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्रहरी उपरिक्षक दिपक रेग्मी, बानपाका नगरप्रमुख जनक पौडेल लगाएत स्थानीय तहका जनप्रतिनिधि लगायत बिभिन्न राजनैतिक दलका प्रमुख, सघंसस्थाका प्रमुख एवं प्रतिनिधि पत्रकार लगाएत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाली काग्रेसले हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गरेको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

नेपाली काग्रेसले केन्द्रीय कार्यालयसहित ७४ जिल्लाभर शुभकामना एवं चियापान कार्यक्रम आयोजना गरेको छ । बागलुङमा भएको शुभकामना कार्यक्रमको संचालन नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेलले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *