वर्षासंगै भारी हिमपात भएपछि निसी-निसेलढोर आवात-जावत गर्न समस्या !

कुम्बिर बिश्वकर्मा बुर्तिवाङ २०७३ फागुन २७ । बागलुङको पश्चिमी क्षेत्र रुकुमको सीमानामा रहेको निसेलढोरमा अविरल वर्षा र हिमपातले स्थानीयको जीवन कस्टकर बनाएको छ। हिजो देखि परेको अविरल वर्षा र भारी हिमपातले गर्दा निसी देखि एकदिन लाग्ने निसेल ढोर जाने स्थानीयहरुलाइ समस्या परेको हो । निसेल देउराली ,रिजा सेनाम्ती,जस्ता पाटीपौवा, धरमशाला भएको ठाउँमा २ फिट बराबर हिउँ परे पछि बास बस्न र आवातजावतमा समस्य परेको स्थानीय हरिमाया बिस्वकर्माले जानकारी दिइन।

त्यस्तै निसीवासी हिउदको समय असोज महिनामा निसी गाउँ औलो झर्ने र बर्षात लागे सङ्गै चैत महिनाको पहिलो हप्ता भित्र मौसमी खेती गर्न र गाईबस्तु लगेर ढोर (लेक) निसेलढोर जाने गर्दछन। निसीका बासिन्दाले निसेललढोरमा स्याउ, आलु, सिमी, फापर ,जस्ता मौसमी खेती गरि जीविकोपार्जन गर्ने गर्दछन। उक्त मौसमी खेती गर्न बिशेषगरि फागुनको अन्तिम हप्ता र चैत को पहिलो हप्ता को अबधी भित्र ढोर गाइ बस्तु, घर परिवार नै जाने गर्दछन। हिजो देखि परेको अविरल वर्षा र भारी हिमपात का कारण चिन्ता ब्यक्त गर्दै त्यहाका रन्तु बि कले ‘हामी आज ढोर जाने तयारीमा थियौ तर वर्षा र हिउँ परे पछि जान सकेनौ ।’ उनले निसीका केही माथिका भेगमा हिउँ परे पछि गोठलाहरुलाइ समेत कस्टकर भएको बताएका छन्।

हिउँ परे पछि यो महिना भरी निसेल देउरालीको बाटो नखुल्ने भए पछि स्थानिय गाई, भैंसी ,भेडाबाख्रा,घोडा घरपालुवा जनावर सङ्गै एक रात बास बसेर बोबाङ हुँदै उत्तरगङ्गा ढोरपाटनको बाटोबाट जाने स्थानीय बताउछन।

उक्त बाटो जान बाटोमा चाहिने खाने खर्च लत्ताकपडा सम्पुर्ण सामाग्री बोकेर पैदालयात्रा निसेलढोर पुग्ने गर्दछन र आउदा पनि उक्त बाटो हुँदै आउने गर्दछन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.