आजको तस्वीर : बुर्तिवाङ स्वास्थ्य केन्द्रको अर्को लापर्बाही !

बुर्तिवाङ २०७५ कात्तिक १६ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बेला बखत चर्चामा आई रहने गर्छ । कहिले डाक्टरको अभाव त कहिले डाक्टरको बिदा, कहिले सेवाग्राहीहरुप्रति दुव्र्यवहार त कहिले केन्द्रको खाताबाट अनाधिकृतरुपमा रकम अपचलन, कहिले खण्डन मण्डन त कहिले उजूर बाजूर र अहिले केन्द्रमा रहेको प्रयोगविहीन एम्बुलेन्सलाई लिएर चर्चामा छ ।

केन्द्रमै कार्यरत एक जना स्वास्थ्यकर्मीले यो बेथिती देख्न नसकेपछी केहि समय अघि आफ्नो फेसबुकमा एक स्टाटस सहित यसको प्रयोगलाई लिएर निवेदन (शव्द वाण) प्रहार गरेका छन्, “यो एम्वुलेन्सको ब्यावस्थापन कसले गरने हो ।झ्याम्म कमाइ हुने भय त सवैको नजर पुग्थ्यो होला । चालू अवस्थाको यो भाँडो कुहियर जाने, विरामि ले दाम तिरेर पनि सेवा नपाउने । बुर्तिवाङ अस्पताल को समिति वा सम्वन्धित निकायले सँचालन गर्न वा यहाँ दशा देखायर नराख्न मरो निवेदन ।”

कसैको सुझावलाई ग्रहण गर्न नसक्ने मानसिकताधबाट ग्रसित व्यक्तिहरुले आफ्नै कर्मचारीको निवेदनमा कस्तो तोक लगाउलान प्रतिक्षा गरौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *