फेरी भेटौँला भन्ने वाचा गर्दै कर अधिकृत चापागाइँको बिदाई एवं नवागत अधिकृतहरुको स्वागत !

बागलुङ २०७५ कात्तिक १६ । अफिसर्स क्लब बागलुङले आन्तरिक राजश्व कार्यालयका तत्कालीन प्रमुख सूर्यप्रसाद चापागाईँलाई फेरी भेटौँला भन्दै विहीबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ ।

यसैवीच बिहीबार नै आन्तरिक राजश्व कार्यालय बागलुङ सरुवा भै आएका प्रमुख कर अधिकृत हेमराज सुवेदी, कर अधिकृत व्दय बुद्धिप्रसाद आचार्य र सुन्दर श्रेष्ठ, त्यस्तै धौलागिरी अन्चल अस्पतालका नवागत डाक्टर शैलेन्द्र पोखरेल बीके, पोखरा उच्च अदालत बागलुङ ईजलासका शाखा अधिकृत विश्वनाथ अर्याल तथा कारागार कार्यालयका जेलर मोहन प्रसाद उपाध्यायलाई स्वागत गरेको क्लबकी सचिव सरिता शर्माले ईबागलुङलाई बताईन् ।

कार्यक्रममा अफिसर्स क्लबका विशेष संरक्षक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले नवागत अधिकृतहरुलाई हार्दिक स्वागत एवं सरुवा भएर जान लागेका अधिकृतलाई भावपूर्ण विदाई गरेका थिए ।

कार्यक्रम अफिसर्स क्लबका अध्यक्ष एवं जनस्वास्थ्य प्रमुख दीपक तिवारीका सभापतित्वमा भएको कार्यक्रममा क्लबका सदस्य रामबहादुर थापाले स्वागत मन्तव्य दिएका थिए भने क्लबकी सचिव सरिता शर्माले कार्यक्रमको सन्चालन गरेकी थिईन् ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *