ताराखोलाको नाँगीमा हटिया जाँदै गरेको पिकअप जीप दुर्घटना, ६ जना यात्रु घाइते !

पूर्णभद्र निउरे, ताराखोला २०७५ कात्तिक १६ । बागलुङ जिल्लाको ताराखोला गाउपालिका नाँगीमा पिक अप जीप दुर्घटना भएको छ।

ताराखोला गाउपालिका-५ नाँँगीबाट गल्कोट हटिया तर्फ जादै गरेको ग१च ११३४ नम्बर को पिक अप जिप नाङ्गी को उत्तरपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालक सहित ताराखोला-५ नाङ्गीका ६ जना घार्इते भएको स्थानीय नारायण घर्तीले जानकारी दिए । घाइते हुनेहरुमा कोपिला घर्ती ,धन कुमारी रोका लिलामती बि क यमुना रोका, धनमाया बि क र चालक पृथ रोका रहेका छ्न ।

अहिले घटनास्थल मै प्राथमिक उपचार भै रहेको र घाइतेहरुलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भै रहेको नाङ्गीका खिम पुनले ईबागलुङलाई बताए ।

घुम्ती मोड्ने क्रममा गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट बुझिएपनि घटनाको बिस्तृत जानकारी आउन बाकी रहेको इलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ। हाल घटना स्थल तर्फ ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली जाँदै गरेको ईलाका प्रहारी कार्यालय का प्र ना नि सानुकाजी बिष्टले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *