आजको तस्वीर : चोक-चोकमा कुकुर रजाईँ … !

बागलुङ २०७५ कात्तिक १५ । बागलुङ बजारका सडकहरुमा कुकुरहरुको बैठक हुने गरेको छ । असोज महिना देखीनै कुकुरहरु चोक चोकमा भेला भएर नजाने कुन कुन विषयमा छलफल गरिरहेका हुन्छन् त्यो त यस्सै भन्न सकिन्न तर उनिहरुको जमघटले यात्रुहरुलाई निकै संकट चाहीँ परेको छ । आम नागरिकहरुले दुई महिना देखी नै सामाजिक सन्जाल मार्फत यस प्रति नाराजगी जाहेर गर्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएका छन् । तर कतैबाट सुनुवाई भएको छैन ।

एक घण्टा अघिमात्र राति सवा ८ बजेको समयमा एकजना फेसबुक मित्रले ‘हिँडदा पनि टोक्ला झैँ गर्ने, गाडी र मोटरसाईकललाई पनि झुक्याउने, यो कस्को सुरक्षाको लागि पालेको हो ? भनि पश्न गर्दै सम्वन्धित निकायको ध्यान जावस, ‘ भनेर अनुरोध गरेका छन् ।

ट्राफिक प्रहरी, भेटनरी कार्यालय, नगरपालिका वा अरु कुनै निकायको जिम्मेवारी भित्र पर्छ, यो समस्या सुल्टाउन जरुरी देखिन्छ ।

कात्तिकका कुकुर छोई सक्नु हुन्नन् …भनेर सडकै जाम हुने गरी निर्लज्ज भएर कानेखुशी गर्न त दिन भएन नि ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *