हरिबोधनी एकादशी मेलालाई सफल पार्न जिम्मेवारी बाडफांड !

शान्त खत्री मौसम, ताराखोला २०७५ कार्तिक १५ ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलको त्रिशुली युवा क्लबले हरिबोधनी मेला मनाउदै आईरहेको छ ।

यस बर्षा पनि यहि कार्तिक २८ गतेदेखि संचालन गरिने मेला लाई सफल पार्नको लागि जिम्मेवारी बाडफांड गरिएको क्लबका अध्यक्ष जिवन बस्नेतले बताएउनु भएको छ ।

जसअन्तगत कार्यक्रम संयोजकको जिम्मा राजन रामदाम , आर्थिक संयोजकको जिम्मा गणोश बहादुर कार्की ,कलाकारको लागी विमल केशि , त्यस्तै सास्कृतिक कार्यक्रम संचालन संगै प्रचारप्रसार प्रमुखको जिम्मा शान्त खत्री मौसमलाई दिईएको छ , खेलकुद संयोजक मिलन चोखाल , प्राबिधिकको जिम्मा दिपक खत्री , त्यस्तै अतिथि सस्कार लागी कर्ण बहादुर भण्डारी रहेका छन भने, मंच व्यवस्थापनको लागी शेर बहादुर खत्री , स्वयंसेवक संयोजकको जिम्मा सुमन कार्कीलाई दिईएको छ ।

त्यस्तै गाडी व्यवस्थापनको संयोजकको जिम्मा भिम शाहनी लाई दिएको छ । कात्तिक २८ गते देखि मंसिर ३ गतेसम्म संचालन गरिने मेलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता , खुल्ला वार्ड स्तरीय भुपु भलिबल प्रतियोगिता ,त्यस्तै एक नृत्य प्रतियोगिता ,सोलो बाईक रेस प्रतियोगिता र डबल ब्याटमिन्ट्न प्रतियोगिता संचालन गरिने क्लबका उपाध्यक्ष खड्क बहादुर कार्कीले बताए ।

एकादशी मेलाको अवसरमा त्रिशुली नदीमा बाजा भजन सहित तोरण तार्नुका साथै राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारको बेजोड सांगेतिक प्रस्तुति रहने क्लबका सचिव गणोश कार्कीले बताए । आजको कार्यक्रम क्लबका अध्यक्ष जीवन बस्नेतको अध्यक्षता सचिव गणोश कार्की संचालनमा सप्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *