गल्कोट महोत्सवको ७ औ दिन बिबिध सास्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक १५ । उद्योग बाणिज्य संद्य गलकोट ईकाइले गल्कोटमा आयोजना गरेको प्रथम गल्कोट महोत्सवको आज सातौ दिन खुल्ला पुरुष भलिबल प्रतियोगिताको दुई खेल सम्पन्न भएको छ ।

गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाटी र वडा नम्बर ६ बिच सम्पन्न खेलमा २५÷२१, २५÷२२, २५÷२२ को सोझो सेटमा गलकोट नगरपालिका वाड नम्बर ६ ले बिजयी बन्दा अंक ३ प्राप्त गरेको छ । दोस्रो खेल मनसुन रेष्टुरेन्ट हटिया र आयोजक बिच सपन्न भएको छ । जसमा ३२÷३०, २५÷२२, २५÷१६ को सोझो सेटमा पराजित गरि मनसुन रेष्टुरेन्ट हटियाले ३ अंक प्राप्त गरि बिजयी बनेको छ । भोलिको खेल गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाँटी र गल्कोट मोडनाईज ऐकेडेमी हरिचौर सँगै मनसुन रेष्टुरेन्ट हटिया र गलकोट स्पोर्ट क्लब जापान बिच हुने आयोजकले जनाएको छ ।

आजको कार्यक्रममा कलाकार जीवन शर्मा, रामजी खाड, देवी घर्ती, सन्तु थापा लगायतका कलाकारको साँगीतिक प्रस्तुति रहेको थियो । चर्चित कलाकार रामजी खाडका प्रस्तुतीलाई गल्कोटका दर्शकले अत्याधिक रुचाएका थिए उनले फुल फुलेर पहेलै, एकादशी बजारैमा, ओई झुम्की लगाएतका दजर्न बढी सांगीतिक प्रस्तुति दिएका थिए । गल्कोटको रमुबामा जन्मिएकी कलाकार देबी घर्तीले घुम्टेकी छोरी, गल्कोटे मायालु लगाएतका प्रस्तुतिमा दर्शकले नाचेर साथ दिएका थिए । महोत्सबको आठौं दिन अर्थाृत कार्तिक १६ गते लोक दोहोरी गायिका प्रीति आले, ईश्बर सिंह शिब हमाल लगाएतका कलाकारले सांगीतिक प्रस्तुति रहने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *