बुर्तिबाङमा आयोजित कोजाग्रत पूर्णिमा मेला सम्पन्न : पुरुष भलिबलको उपाधि निसीखोला १ लाई !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ कात्तिक १५ । बुर्तिबाङ राईजिङ युवा क्लब द्धारा आयोजित पुर्णिमा मेला तथा क्लबको १६ औं बार्षिक उत्सब कार्यक्रम बिहिबार सकिएको छ । गत कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिनदेखि सुरु भएको मेला ९ दिनमा आईपुग्दा सम्पन्न भएको हो ।

बिविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रमको आयोजना गरेको क्लबले बिहिबार भएको वडा स्तरीय पुरुष भलीबलमा १६ समुहलाई पछि पार्दे निसीखोला गांउपालिका १ प्रथम भएको हो । उतm समुहले निसीखोला २ लाई २४–२६, २२–२५ र २१–२५ का विरुद्ध बेस्ट अफ फाईबमा ३ सेट लगातार हात पार्दे प्रथम स्थान लिएको हो । व्दितियमा निसीखोला २ भएको छ भने तृतीय स्थानमा ढोरपाटन
नगरपालिका ३ घोसाखानी भएको थियो ।

त्यस्तै ७ समुहको सहभागिता रहेको महिला भलिबल तर्फ लगातार ३ सेट हातपार्दे वडीगाड गांउपालिका ४ जलजला प्रथम तथा ढोरपाटन नगरपालिका ८ व्दितिय भएको छ । तमानखोला ५ तृतिय भएको छ । त्यस्तै फुटबल प्रतियोगिता तर्फ खर्वाङ समुह प्रथम र आयोजक संस्था व्दितिय भएको हो ।

रस्सा कस्सा प्रतियोगिता तर्फ ८ समुहको सहभागिता रहेकोमा निसीखोला गांउपालिका १ प्रथम, तमानखोला गांउपालिका दिर्तिय भएका छन् ।
आज भएको समापन सत्रको कार्यक्रममा क्लब अध्यक्ष सोम पौवी यामुको अध्यक्षता, संघिय सांसद ज्ञानकुमारी छन्तयालको प्रमुख आतिथ्यता, ढोरपाटन नगरपालिका प्रमुख देबकुमार नेपाली, निसीखोला गांउपालिका प्रमुख तारानाथ पौडेल, ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, निसीखोला गांउपालिका उपप्रमुख शोभा कुमारी कार्की, क्लबका संस्थापक अध्यक्ष चन्द्रलाल अर्याल लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघिस सांसद छन्तयालले समाज रुपान्तरणका निम्ती खेलकुद संगै चेतनामुलक कार्यक्रम लिएर अगाडी बद्नमा क्लबलाई सुझाब दिंदै परम्परागत खेलकुद र संस्कृर्तिको विकासमा बुर्तिबाङ राईजिङ युवा क्लबले खेलेको भुमिकाको प्रशंसा गरिन् । त्यस्तै बिशिष्ठ अतिथीको आसनबाट ढोरपाटन नगरपालिका नगरप्रमुख देवकुमार नेपालीले बोल्दै ढोरपाटन नगरपालिकाको बिकास र संस्कृति सम्बर्धनमा क्लब संघसंस्था संग समन्वय गरेरआफुहरु अगाडी बद्ने बताउंदै आफुहरुले सबैसंग मिलेर समाज रुपान्तरणमा जुट्ने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी निसीखोला गांउपालिका प्रमुख तारानाथ पौडेलले बोल्दै कला संस्कृति संगै पछिल्लो समय बढ्दै गईरहेको महिला हिंसा, बलात्कार, हत्या हिंसा जस्ता समस्या हटाउन र समाज रुपान्तरणमा क्लब संघसंस्था सबैले एकयबद्धताका साथ जुट्नुपर्ने बताए । जनप्रतिनीधिले मात्र सबै समस्या समाधान गर्न कठिन हुने भन्दै बिकास मुलक समाज रुपान्तरणमा सबैको सथा आवस्यक रहेको बताउंदै बुर्तिबाङ राइजिङ युवा क्लबको सफलताको कामना गरे ।

कार्यक्रम क्लब महासचिब गोपाल महतले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *