संघीय गठबन्धनको नेपाल बन्दले बागलुङ सदरमुकामको जनजीवन प्रभावित !

बागलुङ जिल्लाका बुर्तिवाङ, गल्कोट र कुस्मीसेराको जनजीवन सामान्य !

बागलुङ २०७३ फागुन २७ । संघीय गठबन्धनले सप्तरी गोलीकाण्डको विरोध स्वरुप आज आयोजना गरेको आमहड्तालका कारण बागलुङ सदरमुकामको जनजीवन प्रभावित भएको छ । आमहड्तालले गर्दा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन संचालन भएका छैनन भने बजार, शैक्षिक संस्था समेत बन्द भएका छन् ।

शैक्षिक संस्थाहरुमा पत्र सहित बन्द गरिदिन आग्रह गरेपछि बिहानदेखि संचालन हुने पठनपाठन ठप्प भएको छ । एम्वुलेन्स, संचार माध्यम, दुधका गाडीहरुलाई भने संचालन गर्न दिइने गठबन्धनले जनाएको छ ।

गठवन्धनले बिहिवार बागलुङमा माइकिङ सहित हुलाक चोकमा कोणसभाको आयोजना गरि आन्दोलनका कार्यक्रमहरुमा समर्थन, सहयोग र सहभागिताका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, मानवअधिकारकर्मी र आदिवासी जनजातिका संघसंस्थाहरु सहित आम जनसमुदायलाई आह्वान गरेको थियो ।

हुलाक चोकमा आयोजित कोणसभामा बोल्दै यामबहादुर घर्तीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन माग गरेका थिए ।

तर जिल्लाका अन्य भागहरुमा भने बन्दको कुनै प्रभाव परेको छैन । बुर्तिवाङ बजारमा बन्दको प्रभाव छैन । सवारी साधनहरु सन्चालनमा रहेका छन् । गल्कोटमा पनि जनजीवन सामान्य रहेको बताईएको छ । जिल्लाको दक्षिण व्यापारिक केन्द्र कुस्मी सेरामा बजार खुलेका छ तर सवारी साधनहरु भने सन्चालनमा नरहेको स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *