सडक दुर्घटना न्युनिकरणका लागि सवारी चालकहरुलाई जनचेतना फैलाउँदै पर्वत प्रहरी

निर्मल पौडेल, पर्वत २०७५ sflQs % । सवारी दुर्घटनाको जोखिम कम गर्नका लागि पर्वतमा सवारी चालकहरुलाई पर्वत प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतले सचेत गराएको छ । विहिवार सदरमुकाम कुस्माको शिवालय चोकमा एक कार्यक्रमको आयोजना गरी सवारी चालक र सर्वसाधारण हरुलाई प्रहरीले सचेत गराएको हो ।

सवारी चालकलाई कुन वेला साईड लाईट कसरी दिने र आफ्नो गतिमा जोगिएर कसरी अगाडि वढ्ने भन्ने वारेमा जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले सचेत गराएका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतका प्रमुख महेन्द्र रानाभाट लगायत अन्य ट्राफिक प्रहरीहरुले सवारी चलाएर व्यवहारीक रुपमै सिकाएका थिए । त्यस्तै आर सि दाईको ड्राइभिङ स्कुलका प्रशिक्षक आर सी पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रनाउ तिवारीले सवारी दुर्घटना न्युनिकरण गर्नका लागि कार्यक्रमको आयोजना गरेको वताए । त्यस्तै उनले सवारी साधन चलाउँदा निकै संयमित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा ट्रक,वस,जिप,ट्याक्सी,मटरसाइकल चालक लगायत जनप्रतिनिधि र सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *