गल्कोटमा पहिलो पटक पाराग्लाईडिङको सफल उडान !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ कात्तिक १५ । गल्कोटमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पहिलो पटक गल्कोटको सरदाखेतबाट २ वटा प्याराग्लाईडिङको सफल उडान गराइएसँगै गल्कोटमा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता बढेको हो ।

गल्कोट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यका साथ प्याराग्लाईडिङ संचालन गर्न लागिएको हो । प्रथम गल्कोट महोत्सवको अवसरमा प्याराग्लाईडिङ मुख्य आकर्षण बनेको बागलुङ उद्योग बाणिज्य संद्य गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । गत कात्तिक ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रथम गल्कोट महोत्सव मार्फत गल्कोटलाई सम्भावनात्मक रुपमा बिकास गर्ने गरि प्याराग्लाईडिङको आज सफल परिक्षण गरिएको हो ।

गल्कोटमा पर्यटक भित्र्याउन प्याराग्लाईडिङ सँगै क्यानोनिङ खेल समेत सञ्चालन हुने संस्थाका प्रथम उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताउनुभयो । महोत्सवको आज सातौ दिन गल्कोट नगरपालिका वाड नम्बर ५ को सरदाखेतबाट एउटा पाराग्लाईडिङमा पााईलट दुर्योधन खडकका साथमा महोत्सव आयोजक समतिका अध्यक्ष एवं उद्योग वाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ र अर्कोमा पाईलट निरन्जन कुँवरका साथमा गल्कोट नगरपालिका ३ का वडाध्यक्ष वीरजंग भण्डारी सहभागी भएका थिए । अध्यक्ष श्रेष्ठले माथीबाट फुल वर्षा गरेका थिए भने वडाध्यक्ष भण्डारीले भने फुल सँगै नेपालको झण्डा फहराएर प्याराग्लाईडिङको सफल परीक्षण गरेका हुन् । प्याराग्लाईडिङको सफल परीक्षणसंगै पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् ।

प्यारागलाईडिङ संचालनको सम्भाव्यता अध्ययन गरी गलल्कोटमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्यारागलाईडिङमा व्यवसायिकता सुरु गर्ने प्रमुख लक्ष्य राखिएको छ । प्यारागलाईडिङ संचालन संगै गल्कोटको समग्र पर्यटन विकासमा ठुलो टेवा पुग्ने गल्कोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीररजङ भण्डारीले बताउनुभयो । गलकोट नगरपालिका वाड नम्बर ३ को पुर्णकोटबाट प्याराग्लाईडिङ परीक्षण गर्ने लक्ष्य लिए पनि परिक्षणमा सहभागी पाईलटहरुले उक्त ठाउबाट सम्भावना नभएको बताएका थिए ।

गल्कोटमा प्याराग्लाईडिङको टेकअप राम्रो भएपनि ल्याडिङको भने समस्या रहेको पाईलटहरु बताउंछन् । अहिलेको समयमा गल्कोटका फाँटहरुमा खेतिपाती नभएका कारण ल्याण्डिङ गर्न सजिलो भएको पाईलट निरन्जन कुँवरले बताए ।

ल्याडिङको समस्या रहेपनि गल्कोटमा प्याराग्लाईडिङको राम्रो सम्भावना रहेको पाईलटहरुले बताएका छन् । गल्कोटको आकाशमा पहिलो पटक प्याराग्लाईडिङ देख्दा गल्कोट महोत्सवमा सहभागी दर्शक, अतिथी, कलाकार र स्थानीय भने निकै हर्षित बनेका थिए । प्यारागलाईडिङबाटै पर्यटकहरुलाई लोभ्याउने खालका मनोरम दृश्य देख्न सकिने भएको कारण समेत गलकोटमा यसको राम्रो सम्भावना देखिएको छ । यससँगै महोत्सव सञ्चालन अवधिभर आवश्यकता अनुसार प्यारागलाईडिङ गराईने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *