नेपाल सम्बत ११३९ लाई त्रिदिवसीय कार्यक्रमका साथ उत्सवको रुपमा मनाईने !

कोपिला कंडेल, बागलुङ २०७५ कात्तिक १५ । नेपाल भाषा मंका खलं बागलुङले न्हु दं भिन्तुना अर्थात नेपाल सम्बत ११३९ लाई बिभिन्न त्रिदिवसीय कार्यक्रमका साथ उत्सवको रुपमा मनाउने भएको छ । मंका खलले आज बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी नेपाल सम्वतलाई भब्यताका साथ मनाउने निर्णय गरेको जनाएको छ ।

मंका खलंले यहि कात्तिक १८ गते शुभकामना आदान प्रदान, २१ गते शुभकामना र्याली तथा २२ गते मुल समारोह गर्ने नेपाल भाषा मंका खलं बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए ।

भाषा कला र संस्कृति र परम्पराको संरक्षणका लागि नेपाल सम्वतलाई भब्य तयारीका साथ मनाउन लागेको उनले बताए ।

कार्यक्रम अनुसार शुभकामना आदान प्रदान कार्यक्रम बागलुङ बजार स्थित होटल ब्राउन आईज रेष्टुरेण्ट तथा मोटर साईकल र्याली र मुल समारोह लोकतान्त्रिक चोकमा गर्ने निर्णय भएको मंका खलंका कोषाध्यक्ष बिदेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको सह आयोजकको रुपमा नेवा मिसा दबु नेवा ल्याम्ह पुच. ज्ञानोदय बुद्ध बिहार नेवा मुक्तिमोर्चा र शंखधर बहुउदेश्यीय सहकारी संस्था सहआयोजकको रुपमा रहने नेपाल भाषा मंका खलले जनाएको छ ।

कार्यक्रम नेपाल भाषा मंका खलं बागलुङ्गका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष गगनलाल साक्यको स्वागत मन्तब्य नेवा मिसा दबुका कार्यबाहक अध्यक्ष लक्ष्मी शाक्यको समापन र मंका खलका सचिव सुदिप राजभण्डारीको संचालमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *