पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन आवश्यक !

कोपिला कंडेल, बागलुङ २०७५ कात्तिक १५ । पत्रकारिता क्षेत्रलाई मर्यादित र ब्यवस्थीत गर्नका लागि श्रमजीवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

नेपाल पत्रकार महासघं बागलुङ शाखाको संयोजन एबं न्युनतम पारिश्रमिक निर्धारण समिती तथा सञ्चार सुचना तथा प्रविधि मन्त्रालव्दारा आज बागलुङमा आयोजित श्रमजिवी पत्रकार ऐन कार्यान्वयन सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।

श्रमजिवी पत्रकारको हक हित र सुरक्षालाई मध्यनजर गरेर बिभिन्न ऐन कानुनहरु ल्याएपनि कार्यान्वयनमा चुनौती देखिएको भन्दै सहभागीले संचारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीका लागि न्युनतम पारिश्रमिक र नियुक्तिपत्रको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले संचारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीले अनुमति पत्र लिएर मात्र काम गर्नुपर्ने बताए । न्युनतम पारिश्रमिक प्राप्त गर्नका लागि पत्रकार र कर्मचारीले ज्ञान सिप र क्षेमताको बिकास गर्नुपर्ने भन्दै अध्यक्ष पराजुलीले संचारमाध्यमको सबलिकरणमा पनि ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।

त्यसैगरी सूचना तथा प्रसार बिभागका महानिर्देशक एबं न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य सचिव बालकृष्ण घिमिरेले अवको पत्रकारिता गुणस्तरीय हुनुपर्ने बताए । उनले स्थानिय उत्पादनको प्रबद्र्धन पर्यटन क्षेत्रको बिकास लगायत समाजमा लुकेर छिपेर रहेका घटनाक्रमको उजागर गर्नुपर्नेमा जोड दिए । उनले न्युनतम पारिश्रमिक नपाएका पत्रकार तथा कर्मचारीले सम्बन्धीत निकायमा उजुरी गरेमा कारबाही हुने दाबी समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासघंका पुर्ब केन्द्रिय सदस्य हरीनारायण गौतम, महासघंका गण्डकी प्रदेश महासचिव गणेश पौडेल सदस्य संगम घर्ती सल्लाहकार ज्ञानेन्द्र गौतम र कोपिला कंडेल उत्तरगंगा पब्लिकेशन प्रालिका अध्यक्ष श्रीधर कंडेल आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अञ्जु जिसी र नेपाल प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सो अवसरमा पत्रकार प्रकाश बराल किरण आचार्य, नबिन शिसिर सज्जन कुमार सिहं र सुवास गौतम लगायतले जिज्ञासा ब्यक्त गरेका थिए ।

कार्यक्रमको उदेश्य बारे न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला भण्डारीले प्रकाश पारेकी थिईन ।

कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल श्रीसको अध्यक्षता कोषाध्यक्ष बिजय रानाको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *