गल्कोट महोत्सवको आकर्षण बन्यो पाराग्लाईडिङ … !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक १५ । प्रथम गल्कोट महोत्सव जारी रहेकै अवस्थामा आज ४ बजे गल्कोट नगरपालिकाको वडा नं ५ को सर्दाखेतबाट उडेको पाराग्लाईडिङ वडा नं ६ को मजुवाफाँटमा अवतरण गरेको छ ।

एउटा पाराग्लाईडिङमा पााईलट दुर्योधन खडकका साथमा महोत्सव आयोजक समतिका अध्यक्ष एवं उद्योग वाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ र अर्कोमा पाईलट निरन्जन कुँवरका साथमा गल्कोट नगरपालिका ३ का वडाध्यक्ष वीरजंग भण्डारी सहभागी भएका थिए ।
अध्यक्ष श्रेष्ठले माथीबाट फुल वर्षा गरेका थिए भने वडाध्यक्ष भण्डारीले नेपालको झण्डा फहराएका थिए ।


थप विवरण आउँदै ….।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *