बागलुङ जिल्लाका कुन कुन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परे ?

बागलुङ २०७५ कात्तिक १५ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पर्वद्र्धन र विकासका लागि पहिचान गरिएका गन्तव्यहरुको नामावली सार्वजनिक गरेको छ ।

स्थापित तथा पर्वद्धन गरिनु पर्ने गन्तव्यमा बागलुङ सदरमुकाम स्थित कालिका भगवती मन्दिर छनौट गरिएको छ भने नयाँ विकास गरिनु पर्ने गन्तव्यहरुमा भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र (ढोरपाटन नगरपालिका) र निसीखोला गाउपालिका रहेका छन् ।

सूचीमा उल्लेखित नयाँ विकास गर्नुपर्ने गन्तव्यहरुमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाड गरिने विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *