आजको तस्वीर : बडीगाडमाथी ड्रोन !

शव्द/चित्र : दिनेश शर्मा,
बागलुङ (बडीगाड) २०७५ कात्तिक १५ । बडीगाड गाउपालिकामा प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ को व्यापक तयारी सुरु गरिएको छ । यस वर्ष पौँदेलहरुको न्वागी खाने दिन मंसिर १ गते देखी ९ गते सम्म जारी रहने प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको तयारीको सिलसिलामा व्यापक प्रचार प्रसार कार्य भैरहेको छ ।

यसैक्रममा बडीगाड गाउपालिकाका दशै वडाहरुमा रहेका ऐतिहासिक, धार्मिक, प्राकृतिक पर्यटकीय, दर्शनीय स्थलहरुको बृत्त चित्र तयार गरी महोत्सव तथा पौँदी न्वागी मेला अवलोकन कर्ताहरुको जानकारीका लागी छुट्टै स्टल राखी प्रदर्शन गर्ने उद्देश्यका साथ ड्रोन केमराबाट उल्लेखित महत्वपूर्ण स्थलहरुको तस्वीर खिच्ने कार्य जारी रहेको छ । ड्रोन केमराबाट गाउपालिका क्षेत्र भित्र रहेका महत्वपूर्ण एवं दर्शनीय स्थलहरुको तस्वीर खिच्ने जिम्मा आयोजक समितिले गुल्मी भूवाचिदीमा रहेको पौडेल डिजिटल फोटोलाई जिम्मा दिएको छ ।

गुल्मी भुवाचिदीका पौडेल डिजिटलका प्रो रविलाल पौडेल एक बृद्धको तस्वीर खिच्दै ।
अहिले पौडेल डिजिटल फोटोका प्रोपराईटर रविलाल पौडेललाई भ्याई नभ्याई छ । गाउपालिकाको सर्वाधिक उच्चस्थान देखी समथल भूभागको तस्वीरहरु खिच्ने काम भैरहेको फोटोग्राफर पौडेलले ईबागलुङलाई जानकारी दिएका छन् ।

भिङगिठेको २७ सय मिटर उचाईमा रहेको थामडाँडा, माझखर्क, असारे स्थित जनजाति बस्ती, उनिहरुको भेषभुषा एवं त्यहाँदेखी देखिने रमणीय दृश्यहरु, सिसाखानीको प्रशिद्ध घाटु नाँच, ओखरबोटका खानीहरु, चमेरे गुफा, थानापतिको मन्दिर, साना जलविद्युत आयोजना, खारबजार, दगातुंडाँडाको नौटुवा, खर्वाङ बजार, ग्रानचौर, त्याहाँका कुमालहरुको हेम्फै नाँच,गुल्मी जाोड्ने आकाशे पुल समेतको दृश्यांकन भैसकेको केमराम्यान पौडेलको भनाई छ ।

ड्रोन केमराम्यान ।
यस्तै रणसिँह किटेनीको शिवधुरी, लुंगाधुरी, भेँडीखोर तथा त्यहाँका खानीहरु, बल्घास मालारानी, नेपानेको धुरी, तुरतुरेको ताल, गंगरे, ढुंगाखानी आदि स्थानहरुको दृश्यलाई चित्रांकन गरिएको छ । यसका साथै खालबजार, सुँडकुँडे, चित्राम, घ्वाङ्का साथै जलजलाको बौद्धगुम्बा, झुले डाँडा आदि स्थानहरुको दृश्यहरुलाई केमरामा कैद गरिसकिएको र अन्य महत्वपूण स्थलहरुको तस्वीर खिच्ने क्रम जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *