कराँते प्रतियोगीतामा विभागीय सहित ११ टिमको सहभागि हुने

कमल पौडेल, बडीगाड २०७५ कात्तिक १५ । प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७५ मा ११ टिमको सहभागिता रहने भएको छ । बडीगाड गाउँपालिकाको खार वजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगितामा विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ११ टिमको सहभागिता रहने भएको छ। प्रतियोगितामा देश भरवाट ३ सय वढि खेलाडि, २२ जना प्रशिक्षक, अन्तराष्ट्रिय १२ र राष्ट्रिय ३८ गरि जम्मा ५० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए । कार्यक्रममा जापानी प्रशिक्षकको समेत सहभागिता रहने बताईएको छ ।

प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेलाकै अवसरमा बडीगाड डोजोको आयोजना र बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा ३४ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताको लागि बडीगाड गाउँपालिकाले २० लाख विनियोजन गरेको छ।

सो प्रतियोगीतामा प्रथम पुरस्कार ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *