ताराखोलामा नव सिर्जना युवा क्लबको वार्षिकोत्सव एवं दीपावली मेलाको तयारी तीब्र !

ताराखोला २०७५ कात्तिक १५ । नव सृजना युवा क्लब (NYC) ताराको १५ औं बार्षिकोत्सब तथा शुभ दीपावली मेला २०७५ को तयारी तीब्र पारिएको छ। मेलाको अवसरमा आयोजना गरिएका विविध प्रतियोगिताहरुको करिब २ लाख भन्दा बढी नगद पुरस्कार विभिन्न स्थानीय तथा बाहिय उद्योगी ब्यवसायीहरुबाट प्रायोजन भैसकेको र हाल प्रचार प्रसार कार्यलाइ तीब्रता दिइएको क्लबका अध्यक्ष पुर्णभद्र निउरेले बताए ।

कात्तिक १६ देखि २१ गते सम्म मनाइने बार्षिकोत्सब अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल ,धनुषवाण, दोहोरी गीत प्रतियोगिता सङ्गै ताराखोला मै पहिलो पटक डबल ब्याडमिन्टन प्रतियोगिता समेतको आयोजना गरिएको क्लबले जनाएको छ ।

बार्षिकोत्सबको समुद्घाटन कात्तिक २० गते गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर बुढा मगरले गर्ने तथा सोही अवसरमा राष्ट्रिय कलाकारहरु थानेश्वर गौतम, फुलमाया केसी, गितकार तथा सर्जक नरेन्द्र घर्ती, खगेन्द्र बि क, हास्य कलाकार बिकास फगामी मगर लगायतको सिङ्गीतिक प्रस्तुती सङ्गै विभिन्न सास्कृतिक झाकी प्रदर्शन गर्नेर कार्यक्रम तय भएको क्लबका सचिव भिमा रोकाबाट जानकारी प्रात् भएको छ । बार्षिकोत्सबको अवसरमा तराखोला गाउपालिका भित्र शिक्षा ,कृषि , खेलकुद ब्याबसाय समाजसेवाको क्षेत्रमा योगदान पुर्याउने ब्याक्तित्वहरुलाइ सम्मान गर्ने कार्यक्रम तय भएको क्लबले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *