मुलुकलाई सम्मृद्धि उन्मुख गराउन नेकपाको बिकल्प नभएको सापकोटाको दाबी !

कोपिला कंडेल, बागलुङ २०७५ कात्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी काठेखोला गाउंपालिका वडा नम्वर ५ र ६ ले आउदै गरेको शुभदीपावली छट र नेपाल सम्बत लगायतका चाडपर्बको अवसर पारेर मंगलबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन पछी बोल्दै प्रदेश सांसद ईन्द्रदलाल साप्कोटाले मुलुकमा उत्पन्न राजनीतिक गतिरोधको अन्त्य गर्दै राज्यले देखेको सम्मृद्धिको सपना पुरा गर्नका लागि सबै एक भएर लाग्नुपर्ने बताए । सरकारलाई असफल बनाउनका लागि प्रतिपक्षी दल लगायतका केही तत्व लागिपरेको भन्दै प्रदेश सांसद साप्कोटाले मुलुकलाई सम्मृद्धि उन्मुख गराउनका लागि नेकपाको बिकल्प नभएको दाबी गरे ।

सो अवसरमा नेकपा नेता राजिव घिमिरे, काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेल, नेकपा नेता बालकृष्ण कंडेल हिरा कंडेल हेमलाल बिक महिला नेतृ कोपिला पुन गिता बिक लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा काठेखोला गाउंपालिका ६ का सदस्य डिल बहादुर बिकको अध्यक्षता, सदस्य प्रेम पुनको स्वागत मन्तब्य र अर्का सदस्य मुक्तिराम कडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *