करेण्ट लागेर गम्भीर घाईते बालकको उपचारका लागि सहयोगको याचना !

पर्वत २०७३ फागुन २७ । हावाहुरीका कारण विद्युत पोल भाँचिएर करेण्ट लाग्दा पर्वत जिल्लाको कुर्घा गाविस– ९ सात्ले का ११ वर्षिय बालक गम्भीर घाईते भएका छन् ।

दिउँसो बाख्रा चराउन बारीमा गएका पर्वत जिल्ला कुर्घा गाविस– ९ सात्ले का ११ वर्षिय एन्जल कुँबर हावाहुरीले विद्युत पोल भाँचिएर कृण्ट लाग्दा गम्भीर घाईते भएका छन् । उनको गण्डकी मिडिकल कलेज पोखराको सघन कक्षमा उपचार भैरहेको छ ।

सामुदायिक विद्युतीकरण मार्फत विजली बालेका उक्त क्षेत्रका अधिकांस पोल काठका रहेका छन् । एक बर्षमै भाँचिने र कुहिने समस्याले स्थानिय जोखिम मोल्न बाध्य भएका छन् । न्यून आर्थिक अवस्था भएका बालको उपचारमा आर्थिक समस्या भएको परिवारले जनाएको छ ।

विनासकारी भुकम्पबाट पीडित उक्त घरपरिवारमाथि अर्को समस्या आइलागेको हो । घाईते बालका बाबु हुपबहादुर कुँबर रोजगारीका लागि भारतमा रहेका छन् । बालककी आमा जगमाया कुँबरले छोराको उपचारका लागि आर्थिक समस्या थपिएको बताईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.