बिहुँकोट समाज जापानव्दारा त्रिपुरेश्वर महादेव मन्दिरलाई १० लाख रुपैया हस्तान्तरण !

भरत सापकोटा, बागलुङ बिहुँ २०७५ कात्तिक १४ । काठेखोला गाउँपालिका बिहुँकोट ६ अवस्थित त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट बिहुँकोट) लाई बिहुँकोट समाज जापानव्दारा रु १० लाख रुपैया आज एक समरोहको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

समाजमा भईपरि आउने जस्तै भुकम्प आगलागि, बिभिन्न ठुला ठुला रोगबाट ग्रसित हुने ब्यक्तिहरु, बाढि पहिरो पिडित जस्ता दैविक बिपत्तिहरु साथै शैक्षिक तथा धार्मिक क्षेत्रमा समेत प्रत्येक्ष सहयोग गर्दै आएको सामाजिक संस्थाको रुपमा स्थापित यस संस्थाले समाजमा परोपकारी भुमिका खेलेको छ। यस संस्था स्थापना लगत्तै सामाजिक सेवा अहम भुमिका खेलिरहेको र भावि उद्देश्य पनि समाज सेवा मै लाग्ने यस संस्थाका अध्यक्ष देविलाल सुबेदीले जापानबाट जानकारी दिएका छन् ।

उक्त रकम हस्तान्तरण समारोहमा यसै संस्थाका सह संरक्षक दिपक कडेल, उपाध्यक्ष ईन्द्रलाल सुबेदी साथै जापान समाज बिहुँकोटका सचिव भिष्म कडेंल, कोषाध्यक्ष नारायण कडेल राजु, सहसचिव शुदर्शन कडेल लगाएत पदाधिकारीहरुले मन्दिर सन्चालक समितिका प्रधान संरक्षक १००८ ज्ञानानन्द सरस्वति महाराज, उपाध्यक्ष सल्लाहाकार सासंद मणिभद्र शर्मा कडेंल गौरिशंकर सुवेदी सचिव हरिप्रसाद कडेंल कोषाध्यक्ष थानेश्वर कडेंल शिव प्रसाद कडेंल सहसचिव ग्यामनाथ कडेंल लगाएत पदाधिकारीहरुले बुझिलिएका थिए।

उक्त समारोहमा आशिर्वचन दिदै यस पवित्र धार्मिक संस्थालाई धार्मिक पर्यटन पर्बद्धनका माध्यंम बाट विश्व सामु चिनाउन समेत आग्रह गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.