खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेल सम्पन्न !
महोत्सवको आकर्षण बनेकी गायिका जोशीका गीतमा जोसिए गल्कोटेहरु ! नवीन, लक्ष्मी र सुमनका गीतमा बज्यो ताली !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक १४ । गल्कोट हटियामा जारी प्रथम गल्कोट महोत्सव २०७५ को छैठौँ दिन आज एपी वान टेलिभिजनबाट प्रसारित नेपाल आईडल कार्यक्रमकी जज तथा चर्चित गायिका ईन्दिरा जोशीको सांगीतिक प्रस्तुतिमा गल्कोटेहरुले स्वतस्फूर्त नृत्य प्रस्तुत गरे । आफैमा मोडल तथा डान्सर जोशीले बिभिन्न बिधाका गीतहरु गाउँदा हरेक गीतलाई गल्कोटे स्थानियबासी दर्शकले ओन्समोर भन्दै हल्ला मच्चाएका थिए ।

पहिलो पटक गल्कोटको भूमिमा टेकेकी ईन्दिरा जोशीले जब स्टेजमा, उसको आफ्नै गलफ्रेण्ड छ रे, तिमीलाई देखेपछि आई लभ यु आई लभ यु, चौबन्दी चोली यानी रातो घंघर, तिम्रै अघि आज म त अर्कैको बेहुली, रातको कुरा, जस्ता गीतमा नाचेका गल्कोटे दर्शकको लागी सिन्की अचार, रेलीमै नगर ख्याल ठ्ट्टा दिलको लाउनु हुदैन् भागबण्डा जस्ता गीत मसला जस्तै बनेका थिए । ईन्दिराको प्रस्तुतीलाई हुटिङ सुन्दा र नृत्य हेर्दा लाग्थ्यो दर्शकले हरेक प्रस्तुतीलाई अत्याधिक रुपमा रुचाएका छन् । गायिका जोशीका दर्जन बढी प्रस्तुति दिदा गाएक नबिन पौडेल, लक्ष्मी मल्ल, सुमन थापा, सुनिता हमाल लगाएतका कलाकाररुले आधा दर्जनबढी सांगीतिक प्रस्तुतिमा दर्शकले तालि र नृत्यले साथ दिएका थिए ।

उद्योग, व्यापार, कलाको विकास गरौैँं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्धन गरौं भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक व्यापार मेला तथा प्रथम गल्कोट महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति देखि गल्कोट डान्स च्याम्पियन चलिरहेको छ ।

आज उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरु सुस्मिता बोहोरा क्षेत्री, गीता श्रीस, तिर्सना बस्नेत, भरोषा क्षेत्री, अपर्ना शाही, दुर्गा सुनार नबिना बुढाथोकी र आरती आलेले नृत्य प्रस्तुत गरेका थिए । आजको प्रस्तुतिबाट भोलि उत्कृष्ट ६ छनोट गरिने आयोजकले जनाएको छ ।

आजै गल्कोटको चर्चित तथा नेपालको राष्ट्रिय खेल खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न भएको छ । ६ समुहको सहभागिता रहेको भलिबल प्रतियोगितामा आज गल्कोट स्पोर्ट्स क्लब जापान र आयोजक बिच प्रतिस्पध भएको थियो । भोलिबाट प्रतियोगिता सञ्चालन गरिने र लिक सिष्टममा सञ्चार्लान गरिने बताइएको छ ।

प्रतियोगितमा गल्कोट नगरपालिका बडा नम्बर ६, गल्कोट मोडनाईज्ड एकेडेमी, गल्कोट नगरपालिका बडा नम्बर २, गल्कोट स्पोट्र्स क्लब, मनसुन रेष्टुरेण्ट र गल्कोट स्पोट्स क्लब जापान सहभागी भएको गल्कोट ईकाईका कोषाध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको ७ औ दिन भोलि राष्ट्रिय कलाकार रामजी खाँड, देबी घर्ती, जीवन शर्मा् लगाएतका कलाकारले सांगीतिक प्रस्तुति दिने आयेजकले जनाएको छ । भोलि नै महिला रत्यौली गीत प्रतियोगिता सञ्चालन गरिने गल्कोट ईकाईकी सदस्य कौशिला घर्तीले जनाकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *