बागलुङमा खाद्य प्रविधी कार्यालय स्थापना, पाँच जना कार्यालय प्रमुखहरुको स्वागत !

दिनेश शर्मा, बागलुङ २०७५ कात्तिक १४ । बागलुङ जिल्ला सदरमुकाममा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजिन कार्यालय स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज आयोजित कार्यालय प्रमुखहरुको बैठकमा कार्यालयका प्रमुख केदार पौडेललाई स्वागत गरिएको थियो ।

सोही अवसरमा खानेपानी तथा सरसर्फा डिभिजनका नवागत प्रमुख प्रेमराज डोटेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका नवागत प्रमुख केशव बराल, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय प्रमुख नारायण प्रसाद पाण्डे तथा कारागार कार्यालयका नवागत प्रमुख मोहनपसाद उपाध्यायलाई पनि स्वागत गरिएको छ ।

नवागत कार्यालय प्रमुखहरुको स्वागत गर्दै पजिअ खरेलले सेवाग्राहीलाई गुनासो नआउने गरी छिटो छरितो सेवाप्रवाह गर्न निर्देशन दिएका थिए ।

सो अवसरमा कार्यालय पमुखहरुले गत असोज महिनामा कार्यालयबाट सम्पन्न भएका कार्यहरुको पतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।
प्रजिअ खरेलको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत भाषण प्रशासकीय अधिकृत केशव लामिछानेले गरेका थिए भने सन्चालन सूचना अधिकारी धिरेन्द्र पन्तले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *