गजल : सम्झनाले तन मन घायल झन वनाईयो

विर्सन पर्नेलाई सम्झिने यो मन वनाईयो ।
नपाउने माया किन गहिरो झन वनाईयोे।।

भएन उनको आगमन भएन यो जिन्दगीमा।
वेकार लाग्छ यार गुलाव रोपेर वन वनाइयो।।

जुन साथीले पछिवाट धारेहात लगाई हिड्छन् ।
आँफु तिनैलाई मित्र आफ्नो पन वनाईयो।।

भ्रष्ट शासकलाई अव छानीछानी ठोक्नुपर्छ ।
एउटा कमरेडले भन्नु भाछ गन वनाईयो ।।

अतित अतित हुँदो रहेछ विर्सनै नसकिने ।
सम्झनाले तन मन घायल झन वनाईयो।।

निर्मल पौडेल एन.पि घायल

कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *