गुल्मी रेसुङ्गाको भगवती माबिका तीन किशोरीव्दारा विद्यालय भित्रै एकै साथ विष सेवन !

प्रेम सुनार, गुल्मी २०७५ कार्तिक १४ । गुल्मीको एक विद्यालयका तीन वटी छात्राले आज दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरु्रले विष सेवन गरेर बेहोस भएका हुन् ।

रमिता नाम परिर्वनले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भई उपचार्थ पाल्पा पठाईएको प्रहरीले जनाएको छ । उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ ।

विद्यालय बन्द भए पनि एक जना शिक्षकले म्याथ विषय पढाउँदै थिए । सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्किएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माच हत्या गरेकी थिईन ।

अपडेट
गुल्मीको सिमिचौर स्थित भगवती माध्यामिक विद्यालयमा पढ्दा पढ्दै विष सेवन गरेर एक विद्यालयका तीन वटी छात्रा बेहोस भएको घटनाबारे हामीले फ्लोअप गरेका छौं ।

ती तीन जना छात्राह्ररु मध्ये पहिला विष सेवन कसले ग¥यो भन्ने बारे उनिहरुलाई पढाउने शिक्षक नारायण बस्नेत समेत अनभिज्ञ रहेको बताउँछन । उनको भनाई यस्तोे छ–म विहान ९ बजेर १० मिनेट जाँदा कक्षाकोठामा छिरेको थिएँ । म भित्र पस्दा केटीहरु मात्रै थिए । केहि बेर पछि ५६जना जति विद्यार्थीैहरु पनि आए । बाहिर निस्केकी पार्वती भित्र पसे पछि बेस्सरी रोईन ।

के भयो भनेर सोद्धा रिङ्गाटा लाग्यो भनिन । मैले मेडिकल चलाउने भागीरथ सरलाई फोन हाने । उहाँको फोन नउठे पछि हेपोको सरलाई फोन गरे । त्यस पछि उनलाई मैले वाईकमा राखेर हेपो पुराउन साथ फेरी दुई जना पनि त्यस्तै भएका छन सर भन्दै फोन आयो । केहि बेर पछि उनिहरु दुई जनालाई पनि बाईकमा ल्याएर आईयो ।

सुरुमा विष राखेको बोत्तल पखालेर पानी राखेर आएको र त्यही पिउँदा यस्तो भएको भनेर भने । उनिहरुले विष नै सेवन गरेको जिल्ला अस्पताल पुराए पछि मात्र थाह भयो । रमिता ( नाम परिवर्तन) को साथमा बिष राखेको सिसी नै फेला प¥यो ।

उनिले हिजो अँस्ती हात समेत ब्लेडले चिरेको देखियो । हामीलाई प्राप्त जानकारी अनु्सार उनले यहाँका एक जना दलित युवा संग माया प्रेम गरेकी रहिछन । परिवारका सदस्यले थाह पाए पछि उनलाई त्याग भन्दै दुई तीन देखि तनाव दिई रहेका रहेछन । जिल्ला अस्पताल पुगे पछि उनिहरुले त्यो कुरा खोले ।

अन्य दुई वटीले झु्रक्किएर त्यही बोत्तलको पानी पिएर भने पनि कसले पहिला पिए भन्ने बारे म अनभिज्ञ छु ।’ जिल्ला प्रहरी कार्यालयले भने पहिला ( रमिता ) नाम परिवर्तनले विष पिए पछि त्यही बोत्तलको पानी भनेर पिएको बताएको छ ।

त्यस घटना लगत्तै रमितकी आमा वेहोस भई लडेको उनकी ठुली आमाले बताएकी छन । उनले भनिन –‘यस्तो गर्लिन भनेर त हामीले सोचेकै थिएनौं ।’ तीनै जना कक्षा १० मा पढ्ने उनिहरुको उमेर १६ बर्ष रहेको छ । ‘

विद्यालयको नियमति पढाईका लागि विद्यालय बन्द भए पनि शिक्षक बस्नेतले गणित बिषयको ट्युशन पढाउँदै आएका थिए । थप उपचारका लागि पाल्पा पुराईएका उनिहरुको स्वास्थ्य अवस्थामा सुधार आई सेकेको आफन्तजनले बताएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *