ईबागलुङ सहकर्मी दिनेश शर्मा सम्मानित !

कुसुम थिङ, बागलुङ २०७५ कात्तिक १४ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले आज एक कार्यक्रमबीच सन्चारकर्मी दिनेश शर्मालाई सम्मानित गरेका छन् । ईबागलुङ सहकर्मी शर्मालाई प्रजिअ एवं विपद व्यवस्थापन समितिका अध्यक्ष खरेलले गत भदौ २९ गते राति ११ बजेको समयमा ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानामा रहेको भिङगिठे तुरतुरे देउरालीबाट पहिरो खसी मध्य पहाडी लोकमार्ग २३ दिन अबरुद्ध हुँदा सो सम्वन्धी समाचारको पूर्ण कभरेज गर्नुका साथै उद्धार कार्यमा उल्लेख्य सहयोग पुराएको कारण आज जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुको अन्तरक्रिया कार्यक्रममा उनलाई प्रमाणपत्र सहित सम्मानित गरिएको हो ।

ईबागलुङ सहकर्मी शर्मालाई सम्मानित गर्दै प्रजिअ खरेलले पहिरो सम्वन्धी पलपलको समाचार एवं सूचना प्रशासनलाई दिएर यसको समाचार सम्प्रेषण गरी उद्धार कार्यमा उनले पुयाएको योगदानको प्रशंसा गरे । पहिरोका बारेमा स्थानीय जनतालई तत्कालै सूचना प्रवाह गरी सुरक्षित स्थान तर्फ जान प्रोत्साहित गरेकोमा धन्यवाद समेत दिए ।

सो अवसरमा सम्मानित सन्चारकर्मी शर्माले आपत विपदमा आफ्नो तर्फबाट सत्यतथ्य विवरण सम्वन्धित निकाय र आफु कार्यरत अनलाईन मार्फत समाचार सम्प्रेषण गर्नु कर्तव्य भएको बताएका थिए । पहिरो गएको केहि क्षण पछी नै प्रजिअ खरेलको समन्वयमा टोली तुरतुरे प्रस्थान गरी मिरमिरे विहानमा पहिरो गएको स्थानमा आएको प्रशंग उल्लेख गर्दै पत्रकार शर्माले उद्धार कार्यमा प्रशासनले देखाएको तदारुकताको प्र्शंसा गरे । सो अवसरमा शर्माले कार्यालय प्रमुख एवं सूचना अधिकारीज्यूहरुलाई विपदबाट बनेको तुरतुरेको ताल अवलोकन गर्न आउन आव्हान गरेका थिए ।

स्मरणीय छ, गत भदौ २९ गते राति तुरतुरे देउरालीको पहिरो खसी बडीगाड नदी थुनिएर ठुलो जलाशय ताल बनेको छ । मध्यपहाडी लोकमार्ग २३ दिन पछी सन्चालनमा आएपनि जलाशय तालको पानी खोल्ने सम्वन्धमा भने थप प्रयास भएको अवस्था छैन । दिनहुँ आन्तरिक एवं बाह्य पर्यटकहरुले उक्त जलाशय अवलोकन गरिरहेका छन् । जलाशयलाई व्यवस्थित गरी जलविहार वा नौका विहारको आवश्यक व्यवस्था गर्न सके नगरपालिका र गाउपालिकालाई राम्र्रै आम्दानीको श्रोत बन्न सक्ने तत्क्षेत्रबासीको धारणा रहेको छ ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

तपसीलका लिंकहरु पनि पढौँ :

तुरतुरेमा भीषण पहिरो गएर बडीगाड खोला थुनिएपछी तटीय क्षेत्र जोखिममा, लोकमार्ग अबरुद्ध !

आजको तस्वीर : तुरतुरे पहिरोको स्थलगत निरीक्षण !

प्रजिअ खरेलव्दारा डुवान र बाढी पीडितहरुलाई राहत वितरण !

विशेषज्ञ टोलीको अध्ययन पछी तालको पानीको निकास खोजिन्छ : प्रजिअ

प्रदेश मन्त्री चुमानव्दारा तुरतुरे पहिरोको अवलोकन : सबै काम सरकारले गर्छ

सुदूर पश्चिम (निसीभूजी) क्षेत्रका जनताको जीवनरेखा मध्य पहाडी लोकमार्ग सुचारु कहिले ?

आजको तस्वीर : ज्यान हत्केलामा राखेर पहिरो वारपार !

मध्य पहाडी लोकमार्गको तुरतुरे खण्ड २३ दिन पछी सन्चालनमा !

तुरतुरे पहिरो र मेरो विश्लेषण

तुरतुरेको पहिरोमा परेर एक जना महिलाको मृत्यु !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *