Kalika Temple Baglung

आजको तस्वीर : कालिका मन्दिरमा श्रद्धालुको भीड ।

बागलुङ २०७५ कात्तिक १४ । गण्डकी प्रदेशको बागलुङ जिल्ला अन्तरगत बागलुङ नगरपालिका- १ बांगेचौरको पूर्वीभाग काली गण्डकी र काठे खोलाको दोभान माथीको रमणीय भूभागमा अवस्थित बागलुङ कालिकाको प्रशिद्धी दिन गुना रात चौगुना हिसावले बढिरहेको छ । दिनहुँ हजारौँको संख्यामा कालिका देवीको पूजा अर्चना एवं दर्शनका लागि श्रद्धालु भक्तजन आउने गरेका छन् ।

साधारणत शनिबार र मंगलबार तथा अष्टमी आदि विशेष तिथीमा कालिका भगवती मन्दिरमा विशेष पूजा अर्चनाका लागी श्रद्धालुहरुको भीड लाग्ने गरेकोमा देवीको महिमाको प्रभाव बढ्दै गएको र यातायातको सुविधाका साथै मन्दिर परिसरमा व्यापक सुधारका कारणले दर्शनार्थीहरु थप आकर्षित भएको विश्वास गरिएको छ ।

सवारी साधनहरु लिएर देवीको दर्शनमा आउने तिर्थालुहरुको संख्या ह्वात्तै बढेको छ । मन्दिर परिसर बाहिरको मुल प्रवेश व्दार सामुन्नेको पार्किङ स्थल सवारी साधनहरु व्यवस्थापनका लागी साँघुरो प्रतित हुँदैछ ।

पछिल्लो समय मुक्तिनाथको दर्शन गर्न आउने तिर्थालुहरु कालिका देवीको दर्शनका लागि लालायित बन्न थालेपछी श्रद्धालुहरुको चाप बढेको तथ्यलाई नकार्न सकिदैन ।

बुधवार विहान सहकर्मी दिनेश शर्मा एव अर्जुन ढकालले खिचेको तस्वीरहरुमा कालिका भगवती मन्दिरमा श्रद्धालुहरुको घुँईचो देख्दा यसै तथ्यलाई पुष्टि गरेको छ ।

ईबागलुङ डेस्क, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *