छविलाल पाण्डे, बुर्तिबाङ २०७५ कात्तिक १४ । नेपाली कांग्रेस तमानखोला गाउँपालिका व्दारा मंगलबार शुभकामना आदान प्रदान,
चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
बिजया दशमी, शुभदीपावली, छठ तथा नेपाल संम्बदको अवसरमा देशका बिभिन्न स्थानमा शुभकामना आधान प्रदान र चियापान गरेको पार्टीले तमानखोलामा समेत एक औपचारिक कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस तमानखोला संयोजक खगेन्द्रमान पुनको अध्यक्षता रहेको कार्यक्रममा संघिय सांसद ज्ञानकुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै सांसद छन्त्यालले देश बिकासमा बर्तमान दुई तिहाई बहुमतको सरकारले केहि काम गर्न नसकेको आरोप लगाउंदै हरेक तह र क्षेत्रमा नेपाली कांग्रेस पार्टीले प्रतिपक्षको रुपमा खरो भुमिका खेल्नुको विकल्प नरहेको बताईन ।
उनले दुई तिहाई बहुमतको सरकारबाट जनताले धेरै आशा र अपेक्षा गरेपनी महंगी, करको बृद्धि तथा जनताका हक र अधिकारलाई समेत कुण्ठित पार्दै निराश दिईरहेको बताईन । त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी नेपाली कांग्रेस बागलुङ जिल्ला सभापती दिपेन्द्र थापाले बोल्दै जनताको न्याय र समाज रुपान्तरण गर्ने एउटै शतिm नेपाली कांग्रेस भएको र बर्तमान समयमा आफनो पार्टी प्रतिपक्षमा रहिरहंदा जनताका आवश्यकता परिपुर्ति गर्न नसकिरेहेका बताउंदै हतास नहुन कार्यक्रतलाई आग्रह गरे ।
कार्यक्रममा निसीखोला गांउपालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गांउपालिका अध्यक्ष जोकलाल बुढा, तमानखोला गाउपालिका ३ का अध्यक्ष गिरबहादुर घर्ती, तरुणदल तमानखोला गांउपालिका सयोजक ख प्रसाद छन्त्याल, नेपाल महिला संघ केन्द्रिय सदस्य दिलमाया पौवी, नेपाल बिधार्थी संघ बागलुङ जिल्ला सचिब श्री कृष्ण पौडेल लगायतको आतिथ्यता एवंम शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस तमानखोला गांउपालिका सहसंयोजक झक बहादुर बुढाको स्वागत, देवेन्द्र पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।