बुर्तिबाङ राईजिङ युवा क्लबको कोजाग्रत पुर्णिमा मेला जारी !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ कात्तिक १४ । बुर्तिबाङ राईजिङ युवा क्लबको १६ औं बार्षिकोत्सब कार्यक्रम तथा कोजाग्रत पुर्णिमा मेला सातौं दिनमा पनि जारी रहेको छ । गत कार्तिक ७ गते कोजाग्रत पुर्णिमाका दिनदेखि सुरु भएको कार्यक्रम अन्तर्गत मंगलबार वडा स्तरीय पुरुष भलिबल तर्फ क्वाटर फाईनल खेल भएका छन् ।

खेलमा तमानखोला गांउपालिका १ र ढोरपाटन नगरपालिका ६ विचको खेलबाट ढोरपाटन नगरपालिका ६ अघिल्लो चरणमा प्रवेश गरेको छ । वडिगाड गांउपालिका ७ र ढोरपाटन नगरपालिका ३ घोसा विचको खेलबाट ढोरपाटन नगरपालिका ३ घोसा अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै ढोरपाटन नगरपालिका ३ पुर्काेट र निसीखोला गांउपालिका २ विचको खेलबाट निसीखोला २ अघिल्लो चरणमा प्रवेश गरेको छ ।

उता महिला भलिबल प्रतियोगिता तर्फ ७ समुहको सहभागिता रहेकोमा ढोरपाटन नगरपािलका ८ र तमानखोला ५ विचको खेलबाट ढोरपाटन ८ विजयी भएको छ । यसैगरी ढोरपाटन ६ र वडीगाड ४ विचको खेलबाट वडीगाड ४ विजयी भएको छ ।

त्यस्तै ढोरपाटन ५ र ढोरपाटन ३ विचको खेलबाट ढोरपाटन ३ विजयी भएको छ । ढोरपाटन ६ र ढोरपाटन ४ विचको खेलबाट ढोरपाटन ६ विजयी भएको छ । तमानखोला ५ र ढोरपाटन ५ विचको खेलबाट तमानखोला ५ विजयी भएको छ भने ढोरपाटन ८ र ढोरपाटन ३ विचको खेलबाट ढोरपाटन ८ विजयी भएको छ । बडीगाड ४ र ढोरपाटन ४ विचको खेलबाट बडीगाड ४ विजयी भएको छ । तमानखोला ५ र ढोरपाटन ३ विचको खेलबाट तमानखोला ५ अघिल्लो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै फुटबल प्रतियोगिता भने मंगलबार नै सकिएको छ । जसमा खर्वाङ समुह प्रथम र आयोजक संस्था व्दितिय भएका छन् । रस्सा कस्सा प्रतियोगिता तर्फ ८ समुहको सहभागिता रहेकोमा निसीखोला गांउपालिका १ प्रथम, तमानखोला गांउपालिका व्दितिय भएका छन् । सांगितीक कार्यक्रम तर्फ मंगलबार माधव क्षेत्री, दिल सुनार, कृष्ण क्षेत्री, भरत क्षेत्री, धनेश परियार लगाएतको प्रस्तुती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *