पोर्चुगलकोराजधानी लिस्बोनमा बलेवा समाज बागलुङ गठन

बागलुङ , २०७५ कात्तिक १३ । रोजगारीको सिलसिलामा बागलुङकोे बलेवा क्षेत्रबाट पोर्चुगलमा बस्ने बलेवालिहरुको भेलाले बलेवा समाज पोर्चुगल गठन गरको छ । पोर्चुगलको राजधानी लिस्बोनमा एक कार्यक्रमका बिच समाजको गठन गरिएको हो ।

बलेवा क्षेत्रको विकास र पोर्चुगलमा बस्ने बलेवालीहरु एकै ठाउँमा रहेर यस क्षेत्रको हितमा काम गर्ने उदेश्यले गंगा क्षेत्रीको अध्यक्षतामा ३३ सदस्य बलेवा समाज पोर्चुगल गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा अशोक गौतम ‘प्रकाश’ उपाध्यक्षमा एकराज पौडेल ‘कृष्ण’ महासचिवमा केदार पौडेल ‘के पि बलेवाली‘ सचिवमा बिजय क्षेत्री र कोषाध्यक्षमा शिव पौडेल रहेका छन ।

त्यसै गरी समितिको सदस्यहरुमा नेत्र बोहोरा, प्रदिप गौतम, सुमन पौडेल, प्रभात पौडेल, शिव बहादुर क्षेत्री, टुकनाथ रिजाल, खेम बहादुर क्षेत्री, भिम खत्री, तेजेन्द्र अधिकारी, अशोक खड्का, विश्वास पाठक, राम पाठक, प्रशान्त श्रेष्ठ, ताराखर परियार, चन्द्र पाठक, गणेश बोहरा, हिरा ब. के सि, रविन्द्र के.सी, मधु शर्मा ,राजु लामिछाने, सुर्य रेग्मी, राजु शर्मा लोकनाथ पौडेल, सुमन अखेली रहेका छन ।
समितिको सल्लाकारमा प्रभात पौडेल, दयाराम सुवेदी, कविराज रोका रहेको समितिका महासचिव केपि बलेवालीले जानकारी दिए । समितिले आगामी तिन महिना भित्र विशेष भिला आयोजना गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *