राप्रपा अध्यक्ष कमल थापाव्दारा उपप्रधानमन्त्री पदको सपथ !

काठमाडौँ २०७३ फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केहि बेर अघी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रपति निवसमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको पद तथा गोपनियताकोे सपथ लिएका छन् ।

यसैगरी राप्रपाका दिलनाथ गिरीले पनि राष्ट्रपति समक्ष संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री पदको सपथ लिएका छन । राप्रपाकै अको पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री परशुराम तामाङले पद तथा गोपनियताको भोलि शुक्रवार सपथ लिने छन् ।

थापा थपिएपछि मन्त्रिपरिषदमा ३१ मन्त्री र १४ राज्यमन्त्री गरी ४५ जना भएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.