युनियन संघको अन्तरक्रिया : दुई तिहाईको सरकारले कर्मचारीहरुका हितमा कुनै काम गन सकेन – कटुवाल

बागलुङ, २०७५ कात्तिक १३ । नेपाल निजामती कर्मचारी युनियन बागलुङको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम मंगलबार बागलुङमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै युनियन संघका केन्द्रिय उपाध्यक्ष उत्तम कुमार कटुवालले राष्ट्रसेवक कर्मचारीहरु सेवाग्राहीको समस्यालाई मध्यनजर गरी काम गर्नुपर्ने बताएका छन । उनले मुलुकमा दुई तिहाईको सरकारले कर्मचारीहरुका लागी कुनै उपलब्धी मुलक काम गर्न नसेका कारण कर्मचारीहरु निराश बातावरणमा काम गर्नुपर्ने बाध्य भएको बताएका छन । कटुवालले विभिन्न सेवामा कार्यरत कर्मचारीहरुको सरुवा बढुवा गर्दा निकै राजनितिकरण चलेको भन्दै सरकार आफ्नो छ भन्दैमा अन्य कर्मचारी संगठनहरु मनपरी ढंगबाट अगाडि नबढन सुझाव दिएका छन ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका नेता जगदिशचन्न्द्र उपाध्याय, युनियन संघ गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारी, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका कार्यबहाक अध्यक्ष देवप्रकाश घिमिरेको अध्यक्षता सदस्य दिनेश सापकोटाको स्वागत र सह–सचिव नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *