एभरेष्ट बैंक लिमिटेड बागलुङव्दारा ट्याब वितरण !

बागलुङ २०७५ कात्तिक १३ । युके-एड (UK-aid) सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा एभरेष्ट बैंक लिमिटेडव्दारा ट्याब वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
ट्याब वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा शाखरहीत बैंकिङ्ग विभागका विभागीय प्रमुख निरन्जन कार्कीले शाखरहीत बैंकिङ्ग सेवालाई छिटो, सरल तथा प्रभावकारी ढंगले सञ्चालन गर्न ट्याब वितरण गरिएकोे बताउदै वितरण गरिएको ट्याब बाट ग्राहकले नजिकैको व्यावसायिक प्रतिनिधिमार्फत सजिलै खाता खोल्न, रकम जम्मा गर्न तथा सजिलै औठा छाप लाएर पैसा निकाल्ने सकिने तथा भारतीय पेन्सनरहरुल अफ्नो नजिकैको व्यावसायिक प्रतिनिधिमार्फत सजिलै पेन्सन भुक्तानी समेत लिन सकिने जानकारी दिए ।

कार्यक्रम एभरेष्ट बैंक लि. वागलुङ शाखाका शाखा प्रबन्धक सुनिल राज खनालकोे सभापतित्वमा सम्पन्न भएको थियो ।

हाल एभरेष्ट बैंक लिमिटेडले ८२ शाखा, ७ एक्टेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर,११३ ए.टि.एम तथा ४८३ व्यावसायिक प्रतिनिधिमार्फत नेपालमा विश्सनिय तथा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *