नेपाल माध्यमिक विद्यालय ताराको शैक्षिक भ्रमण टोली ढोरपाटनमा !

खगेन्द्र विश्वकर्मा, ढोरपाटन २०७५ कात्तिक १३ । नेपाल माध्यमिक विद्यालय ताराखोला गाउपालिका वडान ४ का शिक्षक तथा कर्मचारीहरुले ढोरपाटनको अवलोकन भ्रमण गरेका छन् ।

यहि कात्तिक १० गते अवलोकन भ्रमणमा निस्किएको टोलीले बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीबाट खसेको भीषण पहिरोले बडीगाड खोला थुनिएर बनेको तुरतुरे ताल, बुर्तिवाङ बजार हुँदै बोवाङ ीस्थत प्रशिद्ध रुद्रतालको अवलोकन पश्चात रमणीय ढोरपाटन उपत्यकाको अवलोकन गरेको थियो ।

टोलीले दिएको जानकारी अनुसार ढोरपाटन क्षेत्रमा पुगेर भुगोल, प्राकृतिक सम्पदा, देशकै एकमात्र ढोरपाटन शिकार आरक्ष, स्थानियहरुको जीवनस्तर, तिब्बती शरणार्थीहरुको अवस्था, पशुपालन लगायतका विषयमा प्रत्यक्ष सोध खोज अध्ययन गरिएको विद्यालयका प्रध्यानाध्यापक थमप्रकाश रोकाले बताए ।

अध्ययन भ्रमणबाट रुद्रतालको कुनै पक्षले व्यवस्थापन नगरेको कारण महत्त्व आझेलमा परेको पाईएको, त्यसै गरि ढोरपाटन क्षेत्रमा पशुपालनको सम्भावना साथै स्थानियहरुले घोडा खच्चर पालेर डोल्पाहुदै चनी सम्म घोडा बेच्ने गरेकोले त्यसको उचित व्यवस्थापन सम्वद्ध गर्नु पर्ने ढोरपाटनमा उत्पादिन आलु, स्याउको बजार व्यवस्थापन गर्नु आवश्यक रहेको र बिमानस्थल सन्चालनमा ल्याई विदेशी पर्यटकलाई सहजता दिन सकेमा ढोरपाटन क्षेत्र संगै नेपालकै सम्वृद्धि हुने अध्ययन भ्रमणमा निष्कर्ष निकालिएको प्रधानाध्यापक रोकाले बताए ।

धार्मिक हिसावले पवित्र उत्तरगंगा बाईस धारा प्राकृतिक हिसावले सौन्दर्यता र नेपालकै एक मात्र शिकार आरक्षण केन्द्र नाउर घारल जस्तो महत्त्वपूर्ण विषयमा सबैपक्ष स्थानिय ,सरकार विभिन्न संघसस्थाको भुमिका आवश्यक रहेको पनि टोलीको निष्कर्श रहेको छ ।

भ्रमणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदम सहित १४ जना शिक्षक कर्मचारी सहभागिता रहेको थियो ।

भ्रमणमा अध्ययनको विधि प्रत्यक्ष अबलोकन र स्थानिय संघ सोधखोज गरिएको थियो । भ्रमण खर्च शिक्षक तथा कर्मचारी आफैले खर्च व्यवस्थापन गरेका थिए । भ्रमण १२ गते सकिएको छ । भ्रमण खोज उपलब्ध मुलक तथा रमणीय रहेको बताईएको छ ।

ज्ञ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *