उत्कर्षमा गल्कोट महोत्सव : वारी हिल, पारी अर्गल बीचमा दरमखोला… फुलमायाँले गीत गाउँदा ननाच्ने को होला ?

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक १३ । हटियामा जारी प्रथम गल्कोट महोत्सव उत्कर्षमा छ । स्थानीय तथा बाह्य लोककलाकारहरुको जमघट र सांगीतिक प्रस्तुतिले हटियाको वातावरण नै उल्लास र उमंगमय बनेको छ । कालाकारहरुले आफ्नो रंगारंग कार्यक्रम प्रस्तुत गरेका छन् भने यो सिलसिला जारी छ ।

सोमबारको सांगीतिक प्रस्तुती राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष एवं चर्चित गायक हास्य प्रस्तोता बद्रि पंगेनीको समुपस्थितीले मात्र नभएर धेरैमानेमा उत्कृष्ट रहेको दर्शक दीर्घाबाट सुनियो ।

हटियामा प्रथम गल्कोट महोत्सवको आयोजना हुनु अनि गल्कोट क्षेत्रकै चर्चित लोक गायिका फुलमायाँ केसीको प्रस्तुती नरहनु भन्ने त कुरै भएन । वारी हिल, पारी अर्गल बीचमा दरमखोला बोलको गीत गायिका फुलमायाँ केसीको कोकिलकण्ठबाट बाहिर निस्किदा साथ दर्शक दीर्घा जुरुक जुरुक गरेको थियो । उनले गाएको लोकल पोथी बोलको गीतमा त वन्स मोरको शव्द वर्षा नै भयो । केसी सँगै गल्कोट क्षेत्रका चर्चित लोक कलाकार व्दय देव साहानी र लक्ष्मी गौतमको बेजोड प्रस्तुतिले गल्कोट लोककलाकारहरुको उद्गमस्थल हो भन्ने सन्देश दिई रहेको आभाष मिल्थ्यो ।

दर्शकलाई रुवाउन हसाउन र नचाउन अब्वल गायक बद्रि पंगेनीले ससुरालीमा ख्यालख्याल मै दिल बस्यो कान्छी सालीमा बोलको गीत मात्र नभए उनले गाएका प्रत्यक गीतमा दर्शकहरुले नाँचेर साथ दिए भने पोखरेली माग्ने बुढाको प्रस्तुतीले पनि दर्शकलाई राम्रै मनोरन्जन दियो । कार्यक्रममा दोहोरीको रमाईलो हेर्दा लाग्थ्यो यो महोत्सव होईन कुनै रोदी घर हो ।

आज मंगलबार गल्कोट काँडेवासका भर्सटायल गायक थानेश्बर गौतम, लोक गायिका ज्योति मगर, संगिता थापा लगाएतको सांगीतिक प्रस्तुति रहने अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसैवीच महोत्सवमा सोमबार १५ जना सहभागी रहेको गलकोट डान्स च्याम्पियन प्रतियोगिताको पहिलो राउण्ड सम्पन्न भएको छ । मंगलबारबाट भोटिङ सरु हुने आयेजकले जनाएको छ । मेलामा प्रबेश टिकटमा समेत बिशेष उपहार प्रदान गरिने भएको छ । मेला अबधिभर काटिएका टिकटको माध्ययमबाट अन्त्यमा गोलापोला गरि एक जनालाई होन्डाको डियो स्कुटर उपहार जित्ने ब्यबस्था रहेको गल्कोट ईकाईका कोषाध्यक्ष दिलिप श्रेष्ठले जनाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *