बिहुँ काउलेका पीडितलाई क्यानडाबाट सहयोग : वडाध्यक्षले दिए खिमानन्दलाई मुखै भरिको जवाफ !

भरत सापकोटा, बागलुङ (बिहुँ) २०७५ कात्तिक १२ । काठेखोला गाउपालिका ५ बिहुँ काउलेका पहिरो पीडितलाई बागलुङ समाज क्यानडाको सहयोग प्राप्त भएको छ । गत असार १२ गतेको भीषण बर्षा संगै जमिन भासिएर घरबारविहीन बनेका काउलेका पीडित १४ परिवारलाई स्थाई बसोबास गर्ने उदेश्यले बागलुङ समाज क्यानडाका संयोजक दुर्गा अधिकारीको संयोजनमा संकलित रु १ लाख रुपैयाँ सोहि समाजका सदस्य पशुपति न्युरेले आईतबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा सकलित रकम बुझ्दै वडा अध्यक्ष शिव प्रसाद कडेंलले आफुलाई सामाजिक अभियन्ता बताउने खिमानन्द कडेलले, मलाई सेलिब्रेटी हुन खोजेको र प्रचारमुखी सहयोगमा तल्लिन भएको भनेर बद्नामी गराउन खोजेको भन्दै सामाजिक अभियन्ताको नाममा अरुको विषयमा गलत प्रचार गरिनु दु:खद बिषय भएको बताए ।

वडाध्यक्ष काँडेलले आफु सधै जनताको दु:ख र सुखमा साथ दिएको र अबको बाँकि दिन पनि जनताकै सारथी भएर बाँच्ने उद्घोष गरे। वडा अध्यक्ष कडेंलले भने, उनले (खिमानन्द)गरेको सबै काम राम्रो होला विभिन्न व्यक्तिको संहयोग संकलन गरेहोलान तर कुनैपनि ब्यक्तिको नाममा वा पहिरो पीडितको नाममा संहयोग संकलन गर्नु अघि वडा कार्यालयलाई जानकारी गराईनु पर्ने भन्दै आफु सरकार र जनताको प्रतिनिधि भएकाले बिधिले चल्न पर्ने अरुलाई पनि विधि सम्मत गर्न निर्देश समेत दिए ।

उनले भने, पहिरो पीडितहरुलाई तत्कालै देखि अहिले सम्म पनि साथ दिईरहेको छु, गाउमा आर्थिक संकलन गरेन भनेर गलत प्रचार गर्नु तर्कहीन भएको बताउदै बिदेशमा रहेका विभिन्न संध संस्था र ब्यक्तिहरुलाई आफुले पनि टेलिफोन मार्फत सहयेग गर्न अपिल गरेको समेत उनको कथन थियो।

उनिहरुको लागि तक्कालै ३ वटा घडेरीहरु हेर्ने काम भईरहेकाले सरकार समक्ष यो समस्या सामाधानको लागि पहल गर्न समेत सिफारीस गरिएको बताए।

खिमानन्द कँडेलले वडाध्यक्ष कँडेल प्रति देखावटी सहयोग गर्न खोजेको लगाए अाराेप !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *