पुष्कलको बेजोड प्रस्तुतीमा दर्शकले दिए जोडको ताली ! गल्कोट महोत्सव बन्यो संगीतमय !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक ११ । उद्योग बाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सबको आज तेश्रो दिन सांगीतिक कार्यक्रमले दर्शकहरुलाई निकै उर्जा दियो । महोत्सबमा आज कलाकार तथा सर्जक पुष्कल शर्माले, लोक दोहोरी गायक चोलेन्द्र पौडेल, लोक गायिका बसन्ती थापा, पोखरेली माग्ने बुढा लगाएतका कलाकारले बेजोड सागीतिक प्रस्तुति दिएका थिए ।

बागलुङ जिल्लाको गल्कोट प्राकृतिक सम्पदाले जती धनि छ त्यो भन्दा बढी सास्कृतिक हिसाबले धनी छ । गल्कोटमा रहेका हरेक प्राकृतिक सम्पदाको चित्रण गर्दै बिभिन्न ठाउँमा रहेका सर्जगहरुले गीतसंगीत मार्फत अझै बढि चर्चामा ल्याएका छन् । हरेक कलाकारको रोजाईमा गल्कोट पर्छ त्यस्तै गरि गल्कोटलाई समेटेर गीत तयार गरेका सर्जक पुष्कल शर्मा आज गल्कोटमा आई महोत्सबमा आफ्नो प्रस्तुति दिएका छन् ।

कलाकारितामा आएको करिब १४ बर्षमा बल्ल गल्कोटमा आएको बताउदै गाएक तथा सर्जक पुष्कल शर्माले भने गल्कोट बाहिर जती चर्चा गरिन्थ्यो सम्पदाको हिसाबले धेरै कम मात्रामा चर्चा भएको बताउर्दै गल्कोट नेपालकै सुन्दर क्षेत्र रहेको बताए । पुष्कलका हरेक गीतमा ताली बजाएर साथ दिएका दर्शकले जब पाल्पातिर रोईला भाका लम्जुङ तिर ठाडो, पच्छ्यौरीले छेक माया भयो मलाई जाडो, गल्कोटे मायाले, लयो मन यतै लयो क्यारम त गल्कोटे मायाले बोलको पञ्चेबाजा गीत गाउदा सबै दर्शकहरुले नाचारे साथ दिए । पहिलो पटक गल्कोटमा आउदा दर्शकको साथ देखेर दंग परेका पुष्कल शर्माले दर्जन बढी सांगीतिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा आज १५ जना सहभागी रहेको गल्कोट डान्स च्याम्पियन प्रतियोगिताको पहिलो राउण्ड सञ्चालन भएको छ ।

करिब ६० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सब स्थलमा करिब २ सय स्टलबाट किनमेल सुरु भएको छ । महोत्सबमा खुल्ला भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, गल्कोट डान्स च्याम्पीयन प्रतियोगिता, डबल ब्याडमिन्टन प्रतियोगिता, कृषि मेला प्रर्दशर्नी, शैक्षिक सामाग्री प्रर्दशनी तथा बाल मेला, क्यानोनिङ, सहितका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएका छन् ।

भोलि लोक दोहोरी प्रतिष्ठानका केन्दीय अध्यक्ष तथा राष्ट्रिय कलाकार बद्रि पंगेनी, लोक गायिका फुलमायाँ केसी तथा लक्ष्मी गौतम लगायतले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुलाई बिशेष प्राथमिकता दिइएको बताउदै महोत्सब अबधिभर नेपाली चलचित्र क्षेत्रका महाँनायक राजेश हमाल सहित ३ दर्जन बढी कलाकारले सांगीतिक प्रस्तुति दिने उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *