सडक दुर्घटनामा गुल्मेलीको मृत्यु : ७ वर्षमा सउदीमा ४ हजार ५ सय नेपालीको मृत्यु

प्रेम सुनार गुल्मी २०७३ फागुन २६ । बैदेशिक रोजगारका लागि सउँदी अरव पुगेको एक महिना नपुग्दै एक जना गुल्मेलीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । हिजो नेपाली समय रातको करिव २ वजे गुल्मीको घमिर गाविस -२ का अन्दाजी ३५ वर्षिय दधिराम खत्रीको मृत्यु भएको हो ।

घमिर घर भई सउदी अरवमै कार्यरत चम्पाबहादुर कार्कीका अनुसार खत्री सउदी पुगेको एक महिना भएको थियो । गुल्मीका खत्री संगै पोखरा स्थित काउडाँडा ४ बाझपाटनका अन्दाजी २० वर्षिय बिक्रम घिमिरेको पनि मृत्यु भएको सउदी राजदुतावासले जनाएको छ ।

दुतावासबाट हामीलाई प्राप्त तथ्याङ्गका अनुसार पछिल्लो दुर्घटनाका दुई जना मृतक वाहेक सन २०१० देखि हाल सम्म ४ हजार ५ सय ६२ जना नेपालीको विभिन्न घटना र विरामी परी मृत्यु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.