युवा जागरण कृषि सहकारीको बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न !

बसन्त घर्ती मगर, तमान २०७५ कात्तिक ११ । तमानखोला गाउँपालिकाको वडा नं ३ तमानमा रहेको युवा जागरण कृषि सहकारी सस्था लि। को तेस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

‘कृषिमा युवाहरुको लगानी, बचत गर्ने बानी गरी बढाऔ आम्दानी’ भन्ने मुल नाराको साथ तमानमा सम्पन्न भएको सो सभाले जोकलाल बुढा मगरको अध्यक्षतामा रहेको पुरानै संचालक समितिलाई आगामी ३ बर्षाका लागि निरन्तरता दिएको छ । समितिको उपाध्यक्षमा मनकुमारी बुदाथोकी , सचिवमा रोहित बुदा मगर, कोषाध्यक्षमा बसन्त घर्ती मगर, सह(सचिवमा गोविन्द बुदा मगर र सदस्यहरुमा गिर बहादुर घर्ती, बिकल बुदाथोकी, इन्द्र बहादुर घर्ती, होम बहादुर घर्ती, मनकुमारी बुदाथोकी र लालकुमारी पुनलाई सर्वसहमत रुपमा चयन गरिएको छ ।

उक्त सभाबाट सस्थाको आर्थिक बर्ष २०७४/०७५ को प्रगती तथा २०७५/७६ को प्रस्तावित प्रगती प्रतिवेदन र आर्थिक बर्ष २०७४/०७५ को आर्थिक प्रगती प्रतिवेदन तथा २०७५/०७६ को प्रस्तावित आर्थिक प्रतिवेदन पारित गरिएको छ । साथै शेयर रकमको १३% मुनाफा वितरण पनि सोही सभा मार्फत गरिएको छ ।

जेष्ठ शेयर सदस्य जग बहादुर बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष मनकुमारी बुढाथोकीको स्वागत मन्तव्य, सचिव रोहित बुढा मगरको सन्चालनमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता सस्थाको अध्यक्ष जोकलाल बुढाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *