सय ग्राम गाँजा सहित दुई युवती र एक युवक पक्राउ, प्रहरीव्दारा अनुसन्धान जारी !

पर्वत, २०७५ कात्तिक ११ । पर्वत जिल्लाको सदरमुकाम कुस्मा नगरपालिका वडा न ६ स्थित शिवालय चोकवाट लागु औषध गांजा सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा दुई युवती र एक युवक रहेका छन् । प्रहरीका अनुसार उनिहरु मध्य काठमाडौँ चाहबिलका २२ वर्षिय युवक सुनिल कुमार श्रेष्ठ र करीब २० वर्षकी एलिजा राई तथा कुस्मा नगरपालिका ९ ज्ञादीकी २० वर्षिया अपेक्षा परियार रहेका छन् ।

निजहरुलाई करीब एक सय ग्राम गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत पर्वतमा पेस गरेको र अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार यस सम्वन्धमा अनुसन्धार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *