सूर्योदय युवा क्लव, वामीको वार्षिकोत्सवमा आयोजित खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न !

कमल पौडेल, गुल्मी वामी २०७५ कात्तिक ११ । सूर्योदय युवा क्लव मुसिकोट नगरपालिका ८, वामी मैदानको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध प्रतियोगितात्मक एवं साँगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

आयोजित कार्यक्रमहरु मध्य खुल्ला वडास्तरीय भलिवल प्रतियोगितामा आयोजक सुर्योदय युवा क्लव प्रथम, रेस्क्यू युथ क्लव मुनपा २, मुसिकोट व्दितिय भएका छन् भने त्यस्तै रेकर्ड नृत्य तर्फ आश्रय कार्की प्रथम, सुदीक्षा कँडेल व्दितिय तथा भास्कर सुनाम तृतिय भएका छन्।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, नेपाली काग्रेस जिल्ला समिति गुल्मीका सचिव विष्णु सापकोटा, वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का अध्यक्ष नारायण सापकोटा, महेन्द्र आदर्श मावि वामीका प्रधानाध्यापक वुद्धि प्रसाद सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साँगीतिक कार्यक्रममा गायक तथा संगितकार बसन्त थापा, गायक तथा संगितकार श्रीकृष्ण बम मल्ल, संगितकार विजु वज्र, मोडल तथा गायक दुर्गेस थापा, गायक मोहन खड्का, मोडल विमल अधिकारी, मोडल ओवि रायमाझि, मोडल सारिका केसि, संगितकार प्रशान्त पौडेल, गायीका ललिता पौडेल, नृत्यंगना सगुन थापा, गायक गोपाल सुनार, भिम नेपाली, नरेन्द्र परियार, विजय परियार लगाएतले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रम संयोजक सन्दिप खत्रीको अध्यक्षता, क्लवका सचिव उज्ज्वल खत्रीको स्वागत मन्तव्य तथा उद्घोषक कमल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वार्षिकोत्सव कार्यक्रम कात्तिक ७ गते देखि १० गते सम्म चलेको कार्यक्रममा सहयोग गर्ने आर्थिक सहयोगी, कलाकार, उद्घोषक, लगाएतलाई मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

क्लवले विगत २४ वर्ष देखि सामाजिक कार्य समेत गर्दै आएको छ । क्लवले आगामी वर्ष देखि वामी कोत महोत्सव गर्ने र त्यसको लागि आगामी वैशाखमै समिति गठन गरि काम गर्ने वडा अध्यक्ष समेत रहेका क्लवका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए । यसै विच वामी कोत प्रदेश स्तरीय पर्यटन डिपिआरमा परेको र तत्कालै काम सुरु हुने अध्यक्ष सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *