रिघा स्थित नव जनविकास सहकारीको चौथो साधारण सभा सम्पन्न

कमल पौडेल, बागलुङ २०७५ कात्तिक ११ । नव जनविकास वुहुउद्धेश्य सहकारी संस्था लिमिटेड गल्कोट नगरपालिका ११ रिघाको चौथो साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष डम्वर वहादुर श्रीसले सहकारी राष्ट्र निर्माणको एउटा मेरुदण्ड भएको भन्दै सहकारी संगै समृद्धिको कल्पना गरिने वताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रुपा विक, अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक विक, प्रगतिशिल भुपु सैनिक संघ रिघाका पूर्व सहअध्यक्ष नरेन्द्र थापा घर्ति लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष श्याम श्रीसले १ करोड १० लाख वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष नर वहादुर घर्तिको अध्यक्षता, उपाध्यक्ष छमाया थापाको स्वागत मन्तव्य तथा सचिव पूर्ण राकस्कोटीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *