एमाले र मधेसवादी दलको अतिवादी सोंचले निर्दोषले ज्यान गुमाए : काँग्रेस नेता पौडेल

कोपिला कंडेल, बागलुङ, २०७३ फागुन २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र मधेसवादी दलको अतिवादी सोंचका कारण सप्तरीमा निर्दोष नेपालीले ज्यान गुमाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ ले जिल्लाको कुस्मीसेरामा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले एमालेको राष्ट्रबाद नामको अतिबादी नाराले मुलुकमा गम्भिर संकटमा फस्न लागेको दाबी गरे ।

देशलाई निकास दिन स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको उनको भनाई थियो । ‘अहिलेसम्मका उपलब्धीहरुलाई रक्षा गर्दै संविधान कार्यान्वयन गर्नु अहिले मुलुकको पहिलो आवश्यकता हो,’ नेता पौडेलले भने ,‘यसका लागि स्थानीय निकायको निर्वाचन पहिलो शर्त हो । निर्वाचनले मात्र देशलाई स्थायित्व दिन सक्छ ।

‘लामो समय देखि निर्वाचन नहुँदा देश विकासको गति रोकिएको छ, जनताले कुनै हालतमा निर्वाचन चाहान्छन् , अब निर्वाचन हुन कसैको तागतले रोक्न सक्दैन,’ उनंको भनाई थियो । उनले बागलुङको विकासका लागि यहाँका राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सांसदहरु प्रकाश शर्मा पौडेल, चम्पादेवी खडका, अर्जुन प्रसाद जोशी, रत्ना शेरचन, नेपाली कांग्रेस बागलुङ पार्टी सभापति दिपेन्द्र बहादुर थापा, पूर्व सांसद गोविन्द प्रसाद कंडेल, तरुण दल केन्द्रिय महासचिव भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस महासमिति सदस्य भिम श्रीस, नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा र सम्मानित व्यक्तित्वको तर्फबाट तिलक प्रसाद सापकोटा लगायतले मन्तव्य दिएक थिए ।

सोही अवसरमा पार्टीलाई विभिन्न तह र माध्याम बाट उत्कृष्ट कार्य गर्ने २० गाविसका कार्यकर्ताहरुलार्ई, संचार क्षेत्रबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै पत्रकार नारायण रिजाललाइ सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाली कांग्रेश बागलुङ क्षेत्र नम्वर २ क्षेत्रीय सभापति नारायण शर्मा पौडेलको अध्यक्षता, उपसभापति राम बहादुर केसीको स्वागत र सचिव विष्णु आचार्य र विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.