एेतिहासिक नाटक फाल्गुन २४ भव्यताका साथ प्रर्दशन !

कमल राना, बागलुङ,२०७५ कात्तिक १० । गाउँमैत्री अक्षयकाेष ( GMAK ) तंग्राम द्वारा एेतिहासिक नाटक फाल्गुन २४ शनिबार GMAK काे मैदानमा भव्यताका साथ प्रर्दशन भएकाे छ ।

नेपाली वामपन्थी अान्दोलनका धराेहर तथा पुराना कम्युनिस्ट नेता कमरेड महाेन बिक्रम सिंह द्वारा लिखित नाटक फाल्गुन २४ मा २०१० सालमा प्युठान जिल्लामा चलेकाे किसान अान्दोलनलाई यथार्थ रूपमा चित्रण गरिएकाे छ ।

फिल्ममा बागलुङ जिल्ला तंग्राम निबासी जनबादी गायक हेमराज अाश्रामकाे निर्देशन रहेकाे छ भने नायक र नायिकाे भुमिका पनि तंग्राम निबासी युवा साहित्यकार टीका संगम बिक र गण्डकी प्रदेश संसाद प्यारी थापा ( शुप्रभा)नै रहेकाे छन ।

करिब ५०० जना मानिसकाे उपस्थितिमा सम्पन्न भएकाे फिल्मि प्रर्दशनमा फिल्म हेर्न अाएका दर्शकहरूले फिल्म किसान मजदुरकाे यथार्थ कथामा अाधरित भएकाेले यस फिल्मि बाट समाजमा सकरात्मक सन्देश फैलिने बताए । साथै फिल्म सन्देश मुलक भएकाेले दर्शकहरू उस्साहित साथ खुलेर फिल्म राम्राे भएकाे प्रतिक्रिया दिएका थिए ।

भने फाल्गुन २४ नाटककाे निर्देशक हेमराज अाश्राम, नायक टिंका संगम बिक, नायिका प्यारी थापा ( सुप्रभा ) , कलाकार बिष्नु शर्मा, कमल राना र साेभा गाेपालीलाई फिल्मि प्रर्दशन मैदानमा अायाेजक GMAK ले माला लगाएर सम्मान समेत गरेकाे थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *