दुईतिहाई बहुमतको सरकारको कामकाजबाट जनता आजीत : नेता पौडेल

बागलुङ २०७५ २०७५ कात्तिक १० । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य किरणराज पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारले गरेका गतिविधि प्रति जनता आजित भएको बताएका छन । नेपाली काँग्रेस बागलुङ नगरपालिका १३ पैयुँपाटाको आयोजनामा आयोजित बिजया दशमी, शुभदीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले दुई तिहाईको सरकारले जनताले आश गरे बमोजिम केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले काँग्रेसले गरेका कामलाई आफ्नो पालामा गरेको भन्दै जनतालाई छल्ने काम गरेको बताए ।

नेता पौडेलले भने, काँग्रेस अब नयाँ ढंगबाट अगाडि बढन लागेको बताउदै ‘केन्द्रमा विधान संशोधन लगायतका कुरामा छलफल भएको छ अब नयाँ एजेण्डा सहित हामी हरेक वर्ग र समुदायमा समक्ष आउने छौ ।’ काँग्रेस चुनाव हारे पनि जनताको साथमा नै रहेको उनको भनाई थियो ।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति एवं बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, काँग्रेस बागलुङ नगरपालिकाका नगरसभापति महेन्द्र आचार्य, नेपाल टे«डयुनियन काँग्रेसका गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेल धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्मा, स्थानिय समाजसेवी चुडामणी शर्मा पौडेल, महिला संघ पैयुँपाटाका सचिव राधिका कुँवर लगायतले बोलेका थिए ।
कार्यक्रम पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्रीको अध्यक्ष उपसभापति नरप्रसाद रिजालको स्वागत र सचिन एकनाथ रिजालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *