बडीगाड गाउपालिका भित्र पर्ने लोकमार्गका वजारमा महोत्सव स्वागत व्दार उपसमिति गठन

कमल पौडेल, बडीगाड २०७५ कात्तिक १० । प्रथम बडीगाड महोत्सव तथा न्वागी मेला २०७५ को तयारीको लागि बडीगाड गाउँपालिका भित्रका मध्यपहाडी लोकमार्गमा पर्ने स्थानिय वजारहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बडीगाड गाउँपालिका भित्रका भिङगीठे, भिङखाल र खर्वाङ बजारमा अन्तरक्रिया सम्पन्न भएको हो।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले महोत्सव बडीगाड भित्रको संस्कृति प्रवद्र्धन गर्न र पर्यटन विकासको आधार निर्माण गर्न सफल हुने दावी गरे ।

सो अन्तरक्रियावाट प्रत्येक वजारमा छुट्टा छुट्टै स्वागत व्दार निर्माण तथा सजावट उपसमितिहरु गठन गरिएको छ । जस अन्तरगत खर्वाङ बजारमा टंक भुजेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। जसको सदस्यहरुमा हितमान शेरचन, विष्णु केसी, मन वहादुर थापा, धन वहादुर अधिकारी, चन्द्र वलामी, लाल वहादुर केसि, तिल वहादुर खत्रि र धन वहादुर वुढा रहनुभएको छ।

त्यस्तै खाल वजारमा समशेर प्रताप सिंहको संयोजकत्वमा ७ सदस्ययि समितिको गठन गरिएको छ। जसको सदस्यहरुमा चित्र अर्गेजा, धन वहादुर थापा, दिपेन्द्र थापा, कोपिल थापा, दिपक थापा र कृष्ण केसी रहेका छन् । त्यस्तै भिङगिठे वजारमा खिम वहादुर केसीको संयोजकत्वमा १७ सदस्ीयय समितिको गठन गरिएको छ । जसको सदस्यहरुमा हरिषचन्द्र केसी, हुम वहादुर केसी, वुद्ध वस्नेत, राजेन्द्र खत्री, रुपा केसी, प्रकाश केसी, टिपुरे सुनार, दिपक केसी, पान वहादुर केसी, लिला कुँवर, लक्ष्मण चालिसे, टोप वहादुर केसी, रमेश केसी, गोपाल पाण्डे, जित वहादुर थापा, पार्वती केसी रहेका छन् ।

वजार अन्तरक्रिया उपसमितिका संयोजक ढालेन्द्र शेरचन नेतृत्वको टोलीमा बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रका उपाध्यक्ष कृष्ण भट्राई, सहसचिव कमल चालिसे, विभिन्न उपसमितिका संयोजकहरु राम वहादुर कुँवर, वुद्ध परियार, कृष्ण घिमिरे लगाएतको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *